लगातारको दुई दिनको नेपाल बन्दले फिल्मी जनजिवन पनि प्रभावित भएको छ । यो हप्ताबन्द संगै परेको महाशिवरात्री पर्वको रौनकको उत्साह जुन किसिमको हुनुपर्ने हो त्यो उत्साह दुई दिनको बन्दको फुर्सदले केही मात्रामा उडाईदिएको भन्ने पनि छ यध्यपी आरध्यदेवको यो पर्वको महत्व छुट्टै छ ।
महाशिवरात्रीमा कलाकार संघको नेतृत्वमा चर्चित अनुहारहरु पाशुपत क्षेत्रमा गएर भक्तजनहरु लाई पानी बाढ्दै छन् । अध्यक्ष नवल खड्काका अनुसार समाज सेवामा कलाकारहरु भन्ने नाराका साथ पाशुपत पवित्र क्षेत्रमा कलाकारहरुले सहयोगीको भूमिका निर्वाह गरी यस बर्षको महाशिवरात्री पर्वलाई सफल बनाउन योगदान दिदैछन् । तर बन्दको प्रभावले यसको तयारीमा केही असर पुगेको खड्काको भनाई छ । हिजो देखिको बन्दका कारण फ्लोरमा रहेका केही फिल्मको सुटिङ समान्य ढङगले भईरहेका छन् भने केही फिल्मको सुटिङ रोकिए पनि ।
बन्दले फिल्म हलको बिजनेस पनि प्रभावित भएको छ । क्यूएफएक्स डिष्ट्रिब्युसन हेड बसन्त मानन्धरका अनुसार क्यूएफएक्सका तीनवटै हल कुमारी, जयनेपाल र सेन्ट्रोलमा बन्द खुलेपछिको बेलुकी एक मात्र शो भईरहेको छ । यस्तै यता बिग मुभिज र एफक्यूबमा त्यस्तै छ अवस्था । एफक्यूब जनरल मेनेजमेन्ट कमिटिका मेम्बर अरुण रिजालका अनुसार बेलुकीको शो चलाएर कुनै फाईदा छैन मात्र यति हो फिल्म हेर्न ईच्छा देखाएका दर्शकलाई नर्फकाउने उद्देश्यले मात्र फिल्म देखाईएको हो ।
यो क्षेत्रमा आधिकारिक रुपमा बन्दको प्रभावका कारण घाटाको हिसाव किताव यति भन्ने छैन तर पनि बन्दको बारेमा फिल्मकर्मीहरुले आफ्नो विचार फेसबुकबाट ब्यक्त गरेको पाईन्छ । कवि हिरो राजबल्लभ कोईरालाले बन्दको बारेमा मिठो कविता लेखेका छन् । सायद बन्दसम्बन्धी कुनै प्रतियोगिता भएमा उनी प्रथम हुन पनि हुने सक्थे होलान् । उनले नेपाल बन्द कविता यसरी लेखेका छन् -
आज नेपाल बन्द छ,
बन्द हिजो पनि थियो
हिजो समय अगाडी बन्द थियो ,
आज समय मै बन्द छ
यहाँ समय खराब छ ।

