Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ बर्षमा `मेरो मनको साथी`

फिल्मीखबर, काठमाण्डौ, 2013/03/07

प्रेमकथामा बनेको फिल्म 'मेरो मनको साथी' निर्माण टिमले नयाँ बर्षको अवसर पारेर बैशाख १३ गते रिलिज मिती घोषणा गरेको छ । फाल्गुन महिनामा रिलिज गर्ने तयारी गरेपनि प्राबिधिक कारणले नयाँ बर्षमा रिलिज गर्न लागेको निर्देशक प्रदीप श्रेष्ठको भनाई छ ।

 

न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल र जस्मिन श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिनेछ । यि दुई कलाकारको साथमा फिल्ममा राजेश हमाल, आयुष रिजाल, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहेको छ ।
 

फिल्ममा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे, छायांकन रामशरण उप्रेती र सम्पादन विपीन मल्लको छ । यो फिल्मको शिर्ष गीत अहिले चर्चामा छ ।