चैत्र ९ गते रिलिज हुन लागेको फिल्म 'मञ्जरी' का सार्वजनिक जति पनि गीत प्रोमो छन् ति सबैलाई दर्शकले रूचाएको पाईएको छ । तर केहि दिन अगाडी सार्वजनिक गरिएको 'जादू' बोलको गीत भने एक हिन्दी फिल्मको गीतबाट कपि गरेको देखिएको छ । तर निर्माण युनिट भने यस बिषयलाई महत्व दिन चाहँदैन ।
संगीतकार कालिप्रसाद बाँस्कोटाले हिन्दी फिल्म 'स्वर इन दि सिटी' को सैंबो भन्ने गीतको मेलोडीबाट जादूको मेलोडी बनाएको देखिन्छ । यि दुबै गीतको रिदम र बिट उस्तै लाग्छन् । संगीतकार बाँस्कोटाले पूरै मेलोडी कपि नगरेको तर रिदम कपि गरेको स्विकारे । उनले भने- 'नेपाली फिल्ममा यस्तो रिदम अहिलेसम्म प्रयोग भएको थिएन । मलाई राम्रो लाग्यो र मैले रिदमको पनि स्थायीलाई आफ्नो गीतमा प्रयोग गरेको हूँ ।' उनले यो जनरको रिदम कपि गरे पनि दर्शक स्रोताले रूचाईदिएकोमा खुसी व्यस्त गरे ।
यता फिल्मका निर्देशक गणेश देव पाण्डेले आँप कुन रूखबाट टिपेको भन्दा पनि खाँदा मिठो छ कि छैन भन्ने कुरामा चासो दिनु उपयुक्त हुने बताए । उनले हरेक नयाँ टेस्ट कहिं न कहिंबाट केहि न केहि प्रभावित हुने कुरालाई स्विकार्नु पर्ने बताउँदै भने- 'गीतलाई सबैले मन पराईदिनु भएको छ अब कपि भनेर रूचाईंदैन भने मेरो भन्नु केहि छैन । म यो कुरामा विश्वस्त छु कि मञ्जरीको गीत दर्शकका लागि नयाँ टेस्टको नै हुनेछ ।'
युवानिर्देशक पाण्डेले बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई 'मञ्जरी'मा प्रस्तुत गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ ।

