
यहि पौष २० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'सुनगाभा- डान्स अफ दि अर्किड' को प्रोमोशनका लागि निर्देशक सुवर्ण थापा र नायिकाद्धय निशा अधिकारी र दिया मास्केकोको साथमा प्रोग्राम को-अर्डिनेटर माल्भिका सुब्बा सहितको एक टिम पूर्वको धरान पुग्ने भएको छ ।

पहिलो बिवाह क्र्यास पश्चात अमेरिकामा आफ्नो एकल जीवन विताईरहेकी अभिनेत्री सारंगा श्रेष्ठको पुनः बिवाह हुने भएको छ । आउँदो फ्रेब्रुअरी महिनाको पहिलो साता कोर्ट म्यारिज (कानुनी बिवाह) गर्ने तयारीका साथ उनले स्थानिय समय अनुसार मंगलबार साँझ ईन्जगेजमेन्ट गरिन् ।

भदौ २९ मा अमेरिका उडेकी करिश्मा आज स्वदेश फर्किएकी छिन् ।

हलिउड, बलिउडको फिल्मी क्षेत्रमा कलाकारहरुले आफ्नो क्यारेक्टर अनुसारको गृहकार्यमा लागेको फिल्ममा अभिनय गरेको भन्दा बढि चर्चा हुने गर्छ । यो प्रचलन नेपाली फिल्ममा पनि विस्तारै विकसित हुँदै गएको छ । यहि क्रममा शुक्रबारबाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको फिल्म 'धन्दा' का मुख्य कलाकार अर्पण थापाले क्यारेक्टर अनुसारको गृहकार्य गरेको चर्चा छ ।

माघ पाँचको मिती अहिले सवैको पर्खाईमा छ । दर्शकले माघ पाँचमा कलिउडलाई कसरी हेर्ने हुन् त्यो बिषय माघ पाँच पछिकै कुरा हो तर फिल्मी नगरीमा कलिउडले एक किसिमको नयाँ आश देखाएको छ ।

झण्डै एक बर्ष पश्चात फिल्म ईन्डष्ट्रीमा प्रिमियर रौनक देखिने भएको छ ।

