Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होलीको फाईदा लुट्दै मञ्जरी र नोटबुक

फिल्मीखबर, काठमाण्डौ, 2013/03/26

हर्षोल्लासका साथ फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले मंगलबार रंगहरूको पर्व होली मनाए । बिशेषत: फिल्मकर्मी तथा संगीतकर्मीहरू सञ्चारमाध्यले आयोजना गरेको होली बिशेष कार्यक्रममा भाग लिन दिनभर दौडधुपमा नै लागे ।

 

 

यस बर्षको होलीमा कतिलाई फाईदा पुग्यो होला त कतिलाई बेफाइदा पनि भयो होला । तर फिल्म मञ्जरी र नोटबुकलाई भने यस बर्षको होलीले राम्रै फाईदा पुर्‍यायो । चैत्र ३० गते रिलिज हुन लागेको नोटबुक र बैशाख २० गते रिलिज हुन लागेको फिल्म मञ्जरी युनिट राजधानीमा सञ्चारमाध्यले आयोजना गरेको होली बिशेष अधिकांश कार्यक्रममा सहभागी भएर आफ्नो फिल्मको प्रोमोशन गर्न भ्यायो ।

 

 

फिल्म नोटबुकको प्रोमोशनमा निर्देशक योगेश घिमिरे, निर्माता प्रज्ञा जोशी, नायिका नीता ढुंगाना र नवनायक शेन सापकोटा उपस्थित थिए भने नायक जीवन लुईटेल अवस्थ भएका कारण उपस्थित हुन नसकेको बताए । यस्तै मञ्जरी फिल्मको तर्फबाट निर्माता प्रदीप उदय र नरेश देब पाण्डे, नायक गौरब पहारी, नायिका सुजाता कोईराला सहितको टिम उपस्थित थियो । निर्देशक गणेश देब पाण्डे भने होली मनाउन गृहनगर बुटवल पुगेका छन् ।

 

 

राजधानीमा रहेका सबैजसो टेलिभिजनले होली कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका हुनाले पनि यि दुई फिल्मले फ्रि पब्लिसिटीको मौका छोपेका हुन् । दर्शकहरूलाई होलीको शुभकामना दिन पनि हुने अनि फिल्मको पनि पब्लिसिटी हुने भएकाले दिनभर सञ्चारमाध्यमा दौडेको यि दुई फिल्मका निर्माण युनिटले बताए । यस्तै बैशाख १३ गते रिलिज हुन लागेको फिल्म 'साँघुरो' ले पनि होली कार्यक्रम मनायो । तर यो टिम भने सञ्चारमाध्यमको होली कार्यक्रममा पुगेको देखिएन ।