Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिशेष साधारणसभा हुने भएपछि अविश्वासको प्रस्ताव फिर्ता

फिल्मीखबर, काठमाण्डौ, 2013/03/25

निर्देशक समाजमा नेतृत्वकर्ताको कामकारबाही प्रति असन्तुष्टी जनाउदै निर्देशक दिनेश डिसीको नेतृत्वमा दर्ता गरिएको अविश्वासको प्रस्ताव असन्तुष्ट पक्षले फिर्ता लिएको छ । असन्तुष्ट पक्षले गरेको बिशेष साधारणसभाको मागलाई समाजको कार्यसमितीको बैठकले आगामी बैशाख ७ गते गर्ने निर्णय गरेपछि उक्त अविश्वासको प्रस्ताव फिर्ता लिईएको निर्देशक डिसीले बताए ।

 

'समाजको गरिमालाई उच्च राख्दै दुई पक्षको आपसी छलफलबाट बिशेष साधारणसभा गर्ने सहमती भएकाले असन्तुष्ट पक्षले आरोप सहित अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको हो', समाजका महासचिव एमएस अग्रजले बताए । अविश्वासको प्रस्ताव आउन लागेको चाल पाएपछि आफू कुनै पनि बिबादमा नपर्ने भन्दै समाजका अध्यक्ष विमल पौडेलले गत फाल्गुन २५ गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।

 

यसअघि थुप्रै सदस्यहरूले वर्तमान कार्यसमितीको कार्यशैली चित्त नबुझेको भन्दै राजिनामा दिएका थिए । अब बैशाखमा हुने बिशेष साधारणसभाले रिक्त रहेको अध्यक्ष पद परिपूर्ती गर्ने छ । यस्तै उक्त बिशेष साधारणसभा बार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिने महासचिव अग्रजले बताए ।

 

दुई पक्ष विच भएको सहमती पत्र