अर्न्तराष्ट्रिय गुणस्तरको अत्याधुनिक ५.१ सराउण्ड मिक्सिङ स्टुडियो कृपा दृश्य डिजिटल स्टुडियोको औपचारिक उद्घाटन बरिष्ठ गीतकार तथा फिल्मकर्मी यादव खरेलले आज एक समारोहका बिच गरे । यसमा एभिडका उपकरणहरु, एप्पल म्याकका कम्प्युटर, न्युमानका माइक्रोफोन रहेका छन् ।

नेपाली फिल्मको स्तरियताका लागि ध्यान दिएर स्थापना गरिएको यो स्टुडियो अर्न्तराष्ट्रिय गुणस्तर उपकरणले मात्रै नभई सक्षम र योग्य प्राविधिकहरु र काम गर्ने वातावरण पनि उपयुक्त बनाउने प्रयास गरिएको यसका अध्यक्ष शिवकुमार लामिछानेले बताए । यस स्टुडियोमा नेपाली फिल्महरु छड्के र बधशालाका कामहरु सम्पन्न भएका छन् । नेपाल फिल्मका लागि श्रव्य दृश्यका सम्पुर्ण सुविधाहरु उपलब्ध हुने र फिल्म निर्माण पनि गरिने लामिछानेले बताए ।

२०५१ सालमा धरानको सांगितिक समुह 'दि अर्थ'को भोकलिस्टका रुपमा संगीतयात्रा सुरु गरेका लामिछानेको कृपा दृश्य डिजिटल स्टुडियो बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिको भगिनि संस्था हो ।

