Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

फिल्मकर्मीमाझ बिनोदको बर्थ डे सेलिब्रेसन

फिल्मीखबर, काठमाण्डौ, 2013/03/26

फागू पूर्णिमाको दिन जन्मेका फिल्मकर्मी तथा अभिनेत्री करिष्मा मानन्धरका पति बिनोद मानन्धरले आज मंगलबार आफ्नै निवासमा बर्थ डे सेलिब्रेट गरे । होलीको अवसर पारेर बिनोदले फिल्मकर्मी तथा सञ्चारकर्मीमाझ आफ्नो बर्थ डे सेलिब्रेट गरेका हुन् ।

 

आफ्नो उमेर नखुलाएका बिनोदलाई उपस्थित फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले जन्मदिनको शुभकामना दिएका थिए । 'मेरो जन्मदिन परेकाले पनि हामीले हरेक बर्ष होलीको कार्यक्रम राख्ने गर्छौं,' बिनोदले भने- 'सबैसँग भेट पनि हुने अनि रमाईलो पनि हुने । यसरी जन्मदिन मनाउन पाउँदा निकै रमाईलो हुन्छ ।' आफ्नो जन्मदिनमा अमेरिकामा रहेकी छोरी कवितालाई निकै मिस गरेको बिनोदले बताए ।