नेपाली फिल्म क्षेत्रमा निर्माताहरूको दुर्दशालाई मुख्य आधार मानेर निर्माण गरिएको फिल्म 'प्रोड्यूसर'को सोमबार एक समारोहका विच पोस्टर तथा प्रोमो सार्वजनिक गरियो । मुख्यत: चार जना युवाहरू (निर्देशक, निर्माता, नायक र प्रोडक्सन म्यानेजर)ले फिल्ममा गर्नुपरेको संघर्षलाई फिल्ममा उतारिएको बताईएको छ ।
प्रचार सामाग्री सार्वजनिक कार्यक्रममा बोल्दै प्रोड्यूसर फिल्मका प्रोड्यूसर राज कुमार राईले राम्रो फिल्म बनेकाले दर्शकको मन छुने दाबी गरे । उनले भने- 'अहिले फिल्म नचलिरहेको वर्तमान परिस्थितीमा यो फिल्मले केहि आश जगाउने विश्वास मैले लिएको छु ।'
लासो समय सञ्चारमाध्यमा अनुभव बटुल्दै सानो पर्दाको निर्देशनबाट ठूलो पर्दाको निर्देशक बनेका जनकदीप पराजुलीले नेपाली फिल्म निर्माणमा आउने उतारचढावलाई व्यङ्गात्मक रूपले प्रस्तुत गरेको बताए । उनले फिल्म हेरेर दर्शकहरूले पूर्ण मनोरञ्जन पाउनुको साथै फिल्म निर्माण गर्दा के-कस्ता अप्ठ्याराहरू आईपर्छन् भन्ने कुरा बुझ्न सक्ने बताए ।
'प्रोड्यूसर' भित्र नायकको भुमिका निर्वाह गरेका अभिनेता श्याम अर्यालले पनि राम्रो फिल्म बनेको दाबी गरे । आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यो फिल्ममा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रूपमा पायल रायमाझीले अभिनय गरेका छन् । फिल्मका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् ।
नयाँ वर्षमा रिलिज गर्ने योजना बनाईएको यो फिल्ममा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ ।



.jpg)