Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

भकुण्डेबेसीमा मुकेश र खुस्बुको `एक्सिडेन्ट`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/19

यसअघि मेरो राजेश दाई निर्माण गरेका सन्देश बराइलीले 'एक्सिडेन्ट' नामक फिल्म निर्माण गर्ने भएका छन् । मुकेश ढकाल र खुस्बु पौडेललाई मुख्य भुमिकामा उतारेर निर्माण शुरू गर्न लागिएको यो फिल्मको आज शुक्रबारबाट सुटिङ शुरू भएको छ ।

 

 

केहि समयको बिश्राम पछि फिल्ममा व्यस्त हुन लागेका मुकेशले पहिलो पटक अभिनय गर्न लागेकी खुस्बुसँग अनस्क्रिन रोमान्स गर्नेछन् । कृष्ण अनमोलको लेखन तथा निर्देशनमा काभ्रेको भकुण्डेबेसीबाट सुटिङ शुरू गरिएको यो फिल्ममा मुकेश र खुस्बुको साथमा अभय चन्द, किरण थापा र रमेश घतानीको पनि भुमिका रहने भएको छ ।

 

 

सागर संगमको समेत निर्माण रहने यो फिल्मलाई गणेश श्रेष्ठले खिच्दैछन् । यस्तै फिल्ममा बसन्त सापकोटाको संगीत तथा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहने निर्माण युनिटले जनाएको छ । फिल्मको कथाबस्तुलाई अहिले गोप्य राखिएको छ ।