एक बर्षअघि नै सविन श्रेष्ठले आफू ब्रेकअप मुडमा रहेको रहस्य सार्वजनिक गरेको स्टेटमेन्टलाई आज पुनः हामी खोल्दैछौ । २०६७ माघ महिनामा मोडल नम्रता झासंग ईन्गेजमेन्ट गरेका सविनले एक बर्ष हुन नपाई २०६८ फाल्गुन ९ गते आफ्नो फेसबुक वालमा फाईनल्ली मेरो ब्रेकअप भयो त्यो पनि `100 पर्सेन्ट` भनी लेखेका थिए जुन न्यूजलाई एक्सक्लुसिभ रुपमा फिल्मीखबरले सो समय ’ब्रेकअपको खबर सविनले लेखे अनि किन डिलिट गरे ?’ भन्ने हेडलाईनमा सार्वजनिक गरेको थियो ।
यध्यपी आजको ह्याप्पी फ्राईडे मुडमा सविनको अफिशियल्ली ब्रेकअप भएको खबर कान्तिपुर साप्ताहिकले लेख्दा फिल्मी सेलेब्सहरुको पारिवारिक संरचना सुखद नहुने प्रसंगमा अर्को अविश्वास पब्लिकमाझ पुगेको छ । गत बर्ष मनीषा कोईराला, रेखा थापा, प्रियंका कार्की तथा ऋचा शर्मा र विनय श्रेष्ठको अफिशियल्ली डिभोर्स तथा ब्रेकअपको खबर बाहिरएको थियो र यो बर्षको पहिलो सातामै सविन यसको सिकार हुन पुगेका छन् ।
अत्याधिक माया गर्ने नम्रतासंग उनको ब्रेकअप किन भयो ? त्यो आगामी दिनमा थप प्रष्टिएर बाहिरिने छ तर यसको मुल जड चाहि सविनको फिल्मी ब्यस्तता नै हो भन्ने प्रमुख आधारहरु छन् । किनकी, जो फिल्मीकर्मी अत्याधिक ब्यस्त रहन्छ उसको पारिवारिक अवस्थामा उतार चढाव आउने परिपाटी हलिउड हुँदै बलिउड र बलिउडबाट कलिउडमा प्रवेश गरिसकेको स्थिती छ अहिले । यस्तै फिल्मीखबरले सेलेब्सहरुको दिनचर्यालाई मुल्याकंन गर्ने क्रममा बर्ष २०७०मा करिब ५ फिल्मकर्मीहरुको ब्रेकअप र डिभोर्स हुने प्रेडिक्सन पनि गरेको छ ।
.jpg)
सविनले मोडल हुने रहर बोक्दा र नम्रता मोडल भएको अवस्थामा नम्रताले सविनलाई डोर्याएर विभिन्न फिल्मकर्मीमाझ हिरो बनाईदिन आग्रह गरेकी थिईन् । त्यतिबेला सविनको भाग्य बलियो भएपछि उनी यो क्षेत्रमा प्रवेश गरेका थिए भने उनी यो क्षेत्रमा प्रवेश गरेसंगै नम्रता यो क्षेत्रबाट ब्याक भएकी थिईन् । हाल ओमान एयरलाइन्समा एयर होस्टेस रहेकी नम्रताले ब्रेकअप पश्चात रंगिन दुनियाँमा पुनः प्रवेश गर्न सक्ने तर्क पनि अघि सारेकी छिन् ।
एक अर्काका लागि समय नदिएको आरोप पनि डिभोर्स स्टोरीमा उल्लेख छ तर केही महिना अघि नम्रताका लागि घुमाउने टाईम मिलाउनका लागि सविनले हातमा परिसकेको फिल्म भेटी छाडेका थिए । हुनेवाली भनिएकी पत्नीले विभिन्न आरोप सविनलाई लगाएकी छिन् । जुन आरोप सहितको पूर्ण स्टोरी कान्तिपुर साप्ताहिकबाट साभार सहित तपाईका लागि !

