Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सेन्सर बिरूद्ध मञ्जरीको हारगुहार

फिल्मीखबर, काठमाण्डौ, 2013/04/19

सेन्सर बोर्डले फिल्म मञ्जरीका केहि सिन काट्न आग्रह गरेपछि निर्माण युनिट बोर्ड बिरूद्ध मैदानमा उत्रने भएको छ । बिहिबार फिल्म देखाएपछि सेन्सर बोर्डले बोतलमा पिसाब फेरेको दृश्य, चिया ग्लासमा थुकेको दृश्य र हिरोलाई पिटेको दृश्यमा आपत्ति जनाउँदै हटाउन आदेश दिएपछि उक्त दृश्य हटाउन नमिल्ने भन्दै निर्माण युनिट सेन्सर निर्णयको बिरूद्धमा उत्रन लागेको हो ।

 

'सिन काट्न हामी तयार छैनौं तर जुनसुकै सर्टिफिकेट दिएपनि हामी मञ्जुर छौं,' निर्देशक गणेश देव पाण्डेले भने- 'यसरी सामान्य दृश्यमा पनि सेन्सरले आपत्ति जनाउँछ भने के फिल्म बनाउनु ?' यता निर्माता महेश चालिसेले हिन्दी फिल्मका भल्गर दृश्य र संवाद पास गर्ने सेन्सरले नेपाली फिल्मका सामान्य दृश्यमा कैंची चलाउँदा नेपाली फिल्म उधोगलाई नै धरासायी बनाउने चाल चलेको आरोप लगाए । उनले भने- 'सरासर यो नेपाली फिल्म प्रतिको अपमान हो ।'

 

फिल्मले कुनै पनि सेक्सुअल सिनलाई नदेखाएको र समाजिक मर्यादामा रहेर फिल्म बनाउँदा पनि सेन्सरले फिल्म पास नगरेपछि भोली शनिबार फिल्म निर्माण टिमले एक पत्रकार भेटघाटको आयोजना गर्ने भएको छ । नागरिक अगुवा, पत्रकार, फिल्मसँग सम्बन्धित संघसंस्था तथा फिल्मकर्मीलाई उपस्थित गराएर सेन्सरले काट्न लगाएका दृश्य देखाउने र त्यसको बारेमा छलफल गर्ने निर्देशक पाण्डेले जानकारी गराए । उक्त कार्यक्रम चलचित्र संघको कार्यालयमा दिउँसो २ बजे हुने भएको छ ।