Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबैले हेर्न पाउने `मेरो मनको साथी`

फिल्मीखबर, काठमाण्डौ, 2013/04/21

नेपाल सेन्सर बोर्डले आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म 'मेरो मनको साथी'लाई सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ । आईतवार बोर्डका सदस्यले फिल्म हेरेपश्चात कुनै पनि सिन तथा संवादमा आपत्ति नजनाई 'यू' सर्टिफिकेट दिएको निर्देशक प्रदीप श्रेष्ठले जानकारी गराए ।



'सालिन फिल्म बनाएका छौं त्यसैले पनि सेन्सरले केहि आपत्ति जनाएन,' निर्देशक श्रेष्ठले भने- 'हामीले सेन्सरलाई ध्यानमा राखेर पनि फिल्म बनाएकाले कुनै दु:ख पाउनु परेन ।' प्रेमकथामा बनेको फिल्म 'मेरो मनको साथी'लाई न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण गरेका हुन् । फिल्ममा राजेश हमाल, जीवन लुईटेल, आयुष रिजाल, जस्मिन श्रेष्ठ, सुनिल दत्त पाण्डे, मिथिला शर्मा, हिउँवाला गौतम, मुकुन्द श्रेष्ठ, मुकुन्द किशोर भट्टराई, उमेश खड्का लगायतले अभिनय गरेका छन् ।

 

फिल्ममा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, सम्पादन विपिन मल्ल तथा छायांकन रामशरण उप्रेतीको छ ।