महोत्सवको तयारीका लागि विभिन्न उपसमितीहरु समेत गठन गरिएको छ । धरान नगरपालिकाको स्थानीय संयोजन एवं धरानमै बिगत २५ वर्ष देखि नाट्य क्षेत्रमा कार्य गरिरहेको अनाम नाट्य जमातको ब्यास्थापनमा यो महोत्सवको आयोजना हुन लागेको हो । अनाम नाट्य जमातका अध्यक्ष बिनोद तखाछेको मूल संयोजकत्वमा विभिन्न १४ ओटा उपसमितीहरु गठन गरिएको हो । उपसमितीहरुमा प्रचार प्रसार ,सरसफाई, आर्थिक, चलचित्र प्रदर्शन, अन्तरक्रिया, आवास तथा यातायात लगायतका रहेका छन् ।
प्रत्येक उपसमितीहरुमा संयोजकको साथै सदस्यहरु पनि चुनिएको छ जसले भोलिबाट नै आफ्नो कार्यलाइ द्रुत गतिमा आगाडी बढाउने निर्णय समेत भएको छ । गठन गरिएको उपसमितीहरुमा धरानका हरेक क्षेत्रका व्यक्तिवहरुको सहभागिता रहेको छ । शनिबारको भेलामा विकास बोर्डको तर्फबाट सदस्य निलहरि काफ्ले र प्रशासन अधिकृत अनुपम निरौलाको उपस्थ्ति रहेको थियो भने धरानका राजनीतिकर्मी, बुद्धिजीवी, समाजसेवी, उद्योगी, कलाकर्मी, हल संचालक लगायतले समेत महोत्सव बारे आफ्नो विचार राखेका थिए ।

