
कथा तयार भएर स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगिसक्यो । निर्माणपक्षले फिल्म निर्माण गर्ने घोषणा समेत गरिसके । तर फिल्मको नामाकरण भने गरिएको छैन । किन गरिएन त फिल्मको नामाकरण ? कारण हो कथा सस्पेन्स हुनु । कथा सस्पेन्स भएकै कारणले तत्काल नाम बाहिर ल्याउन नचाहेको निर्माण पक्षको स्पष्टोक्ति छ ।

संचिता लुइटेल एक्स हजबेण्ड आकाश शाहलाई हिरो बनाएर मिडियामा स्पेश बनाईरहेका प्रोड्यूसर सुशिल पोखरेलले आफ्नो नयाँ फिल्म बडीगार्डको रिलिज काउन्टडाउन सुरु गरिएको बताएका छन् ।

कर्ममा भन्दा भाग्यमा बढी विश्वास गरेर होला आजकाल फिल्म उद्योगका हस्तिहरु सफलताका लागि ज्योतिष शास्त्रमा आफ्नो भाग्यको अंकगणित मिलाउन निकै उत्सुक भएको ।

एक बर्ष लगाएर कतारमा सुटिङ गरिएको फिल्म 'इशारा जिन्दगीको' डेढ बर्ष देखि पोस्ट-प्रोडक्सनमा नै अल्झिएर बसेको छ । फिल्म निर्माण युनिटले पोष्ट-प्रोडक्सन कम्पनीको हेलचक्र्याईंले गर्दा लामो समय अल्झिनु परेको बताएको छ ।

क्यू अर्थात सिन्डीकेट प्रणालीमा रहेका ३० वटा फिल्म रिलिज सम्बन्धमा सोमबार चलचित्र संघको प्रदर्शन समिति र चलचित्र निर्माता संघ बीच सहमति भएको छ । सहमति अनुसार यस अघि राजधानी बाहिर रिलिज भैसकेका १२ वटा फिल्मलाई पुरानो र रिलिज नभएका १८ वटा फिल्मलाई नयाँको संज्ञा दिईएको छ ।

उमेरले पक्का भए पनि शोभित बस्नेत कच्चा नै देखिन्छन् । नभए उनले खुट्टा ढोगी–ढोगी माफी माग्नु पर्ने थिएन । तर सोमबार बालुवाटरको पियारा ब्याङकेटमा फिल्मीखबर श्रोतले त्यस्तो दृश्य देख्यो जहाँ निर्देशक बस्नेतले संगीतकार शम्भुजित बाँस्कोटाको खुट्टा समाएर माफी माग्दै भन्दै थिए, 'मबाट गल्ती भयो एक पटक माफ दिनुस् ।'