जननायक बि.पि.कोईरालाको कृति 'नरेन्द्र दाई' लाई नीर शाहले फिल्ममा उतार्ने तयारी सुरु गरेका छन् ।
बौद्धिक नेताको रुपमा चिनिने नेपाली कांग्रेसका प्रदीप गिरीको सहयोगमा शाहले 'नरेन्द्र दाई'को स्क्रिप्ट तयार गरिरहेका छन् अहिले । 'तीन महिना भो उहाँले छ लाईन भन्दा बढी लेख्नु भा' छैन हेरौं कहिले पुरा हुन्छ,' शाहले फिल्मीखबरसंगको भेटमा भनेका छन् । पछिल्लो समय दिल्ली बस्दै आएका शाह र प्रदीप गिरीको दोस्तीयारी यहि फिल्म निर्माण गर्ने सोचका कारण निकै बढेको छ अहिले ।
यस बर्षदेखि ६० उमेर टेकेका शाहले जिवनकालमै गिरी जति प्रकण्ड विद्वान ब्यक्ति आफैले अरु कोही नदेखेको पनि तर्क गरेका छन् । 'बरु हामीलाई थाहा छैन आफ्नै फिल्डको बारेमा तर उहाँलाई ईतिहास देखि अहिले सम्मका सवै ज्ञान भएको देख्दा म छक्क पर्छु,' शाहले प्रदीपको बखान गरे । शाहको नजरमा प्रकण्ड विधवान गिरी पर्छन् भने धुर्त र चलाखमा विनोद चौधरी पर्छन् । यस्तै उनको नजरमा प्रकण्ड मुर्ख चाहि पूर्व राजा ज्ञानेन्द्र शाह पर्दा रहेछन् ।
करिब एक महिनाका लागि काठमाण्डू आएका शाह बैशाख २१ गते हुने चलचित्र निर्माता संघको चुनावी साधारण सभा पश्चात दिल्ली फर्कने कार्यक्रम छ ।

