Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

Breaking : च्यालेन्जको काम नसक्दा निर्देशक सिमोस सुनुवार प्रहरी हिरासतमा

फिल्मीखबर, काठमाण्डौ, 2013/04/21
एनिमेटर तथा निर्देशक सिमोस सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । साढे ४ बजेको समयमा उनलाई कमलपोखरी प्रहरी प्रभागबाट खटिएका प्रहरीले पक्राउ गरेको हो ।

 

'उहाँलाई पक्राउ गर्न हनुमान ढोकाले आदेश दिएको थियो र हामीले पक्राउ गरेका हौ, त्यसैले बाँकी अप्रेशन हनुमान ढोकाले गर्नेछ,' ईन्सपेक्टर दीपक भण्डारीले फिल्मीखबरलाई जानकारी दिएका छन् । सुटिङ सकिएको तीन बर्ष सम्म पनि हिरो रेश मरहठ्ठको फिल्म च्यालेन्जको महत्वपूर्ण पोष्टप्रोडक्सन कार्य नसकिदिएपछि उनलाई निर्देशक समाज सहित निर्माता संघबाट गएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

 

'यो ब्यावसायिक लडाई हो ब्यावसायिकतामा त ईमान्दार हुनु पर्‍यो नि, त्यसकारण बाध्य भएर प्रहरी गुहार्नु परेको हो,' रेशले फिल्मीखबरलाई प्रतिक्रिया दिदै भने । श्याम भट्टराईको निर्देशनमा बनेको च्यालेन्जको पोष्टप्रोडक्सन भित्रको महत्वपूर्ण कार्य एनिमेशन गर्ने जिम्मा सिमोसले लिएका थिए । तर एनिमेशन गर्न उनले निकै ढिला गरिदिएपछि रेशले प्रहरी गुहारेका हुन् । 

थप अपडेट केही बेरमा