मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.57/5.00)
Text size:-
+
-

विवाद भोली टुङ्गो लगाउने गरी तारिखमा छुटे सिमोस

फिल्मीखबर, काठमाण्डौ, 2013/04/21

च्यालेन्ज फिल्मको एनिमेसनको काम समयमा नसकेको भन्दै हिरो रेश मरहठ्ठा लगायतका निर्देशक समाज र निर्माता संघको उजुरीको आधारमा प्रहरीको पक्राउमा परेका सिमोस सुनुवारलाई तारिखमा छाडिएको छ ।


कमलपोखरी प्रहरी प्रभागले सिमोसलाई आज नक्साल स्थित उनको कार्यालबाट पक्राउ गरी हनुमान ढोका बुझाएको थियो । यस्तै पक्राउ परेका सिमोस र पिडित पक्षबीच भोली साँझ पाँच बजे भित्र प्रहरी प्रधान कार्यालय हनुमान ढोकामा उपस्थित हुने गरी विवाद साम्य पार्ने सहमति पनि भएको छ । सहमतिका लागि निर्माता संघको तर्फबाट सचिव सुरेश दर्पण पोखरेलको सक्रियतामा र सिमोसको हकमा प्रोड्यूसर केशव भट्टराईका दाई कलाकार विनोद भट्टराई जमानी बसी विवाद साम्य बनाउने प्रयास गरेका छन् ।

 

'यो मेरो रियल च्यालेन्ज हो त्यसकारण सामान्य सहमतिले म मान्ने वाला छैन किनकी मेरो फिल्म सिमोसकै कारण पूरानो भईसक्यो,' रेशले फिल्मीखबरसंग कुरा गर्दै भने । यता सिमोस चाहि दश दिन भित्र बाँकी काम सक्ने लिखित प्रतिबद्धता गर्ने र सोही बमोजिम पुनः काम नभएमा आफू जुन सुकै सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिन्छन् । 'विवादलाई सहमतिमा टुङग्याउन निर्देशक श्याम भट्टराईको पनि उपस्थित आवश्यक रहेकाले आज सिमोसलाई तारिखमा छाडिएको हो । 

 

 

निर्देशक श्याम भट्टराई देखि आफ्ना लगानी पार्टनर र डिष्टिब्यूटरले क्षतिपूर्तीका लागि दबाब दिएकाले पनि रेश अब सिमोससँग सहमतीमा आउने सम्भावना कम रहेको तर्क अघि सारेका छन् । तर, विवाद साम्य हुन्छ भन्ने स्थिती रेशको लयरको हातमा छ किनकी लयरले जे भन्छन् आफू त्यही गर्ने रेशको तर्क छ । 'मलाई क्षतिपूर्तिमा लोभ छैन । भगवानको कृपाले पैसा त म अमेरिकामा कमाई हाल्छु यहाँ त ईज्जतको कुरा भो,' रेश भन्छन्- 'तीन बर्ष भईसक्यो फिल्म सिमोसको कारण निस्किरा' छैन । निर्देशक, पार्टनर र डिष्टिब्यूटरले मसँग उल्टो क्षतिपूर्तीको माग गरेका छन् । त्यसकारण जे हुन्छ मेरो लयरको निर्णयमा यो केश अघि बढ्छ ।'

 

यता हनुमान ढोकाका प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेतले सहमतीमा कुरा मिलाउन दुई पक्षलाई आग्रह गरे । यहि समहती नभएको खण्डमा केश अदालत पुग्ने र सिमोसले तारेख धाउनु पर्ने उनको भनाई छ । नायव उपरीक्षक बस्नेत भन्छन्- 'केश हेर्दा रेशजी पिडित भएको देखिन्छ तर सहमतीमा आए यो केश लम्बिदैन नत्र अदालत सम्म पुग्दा दुवै पक्षले अनावश्यक झण्झट बेहोर्नु पर्छ ।'