Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षबाट फ्याँकिने भए पप्पु !

अनुप भट्टराई, काठमाण्डौ, 2013/04/21

बाबुराम सरकारको पालमा गत माघ १२ गते राजनीतिक लबिङबाट  चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका धर्मेन्द्र मोरवैता (पप्पु) उक्त पदबाट फ्याँकिने सम्भावना देखिएको छ । कांग्रेस सभापति सुशिल कोईरालाको अध्यक्षतामा आज राति बसेको उच्च स्तरीय राजनितिक समितिको बैठकले बाबुराम सरकारको पालामा भएको सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पश्चात पप्पु बोर्डबाट फ्याँकिने निश्चित जस्तै भएको हो ।

 

यध्यपी बैठकको यो निर्णयलाई सुप्रिम कोर्टले कसरी लिन्छ त्यो पछिको कुरा तर माओवादी स्वयमले आफ्ना पालामा भएको राजनीतिक नियुक्ति खारेज गर्न सहमती जनाएको कांग्रेस नेता रामशरण महतले भनेका छन् । नेता महतका अनुसार यो निर्णय संगै राजनीतिक नियुक्तिबाट आएका सम्पूर्ण सस्थान तथा विकास समिति एवं निगमका प्रमुखहरुले राजिनामा दिनुपर्ने छ अन्यथा उनीहरुलाई सरकारले नै हटाउने छ ।


आगामी निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गराउने योजना सहित अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीलाई खारेज गर्ने सैदान्तिक सहमति अनुरुप यो निर्णय भएको हो । स्वायत्त निकाय भएका कारणले यस निर्णयको असर चाहि प्रेस काउन्सिलको हकमा नपर्ने देखिन्छ यध्यपी नियतबस प्रेस काउन्सिलमा राजनीतिक नियुक्ति भएको पाएमा त्यहाँ पनि यो निर्णयको असर पर्ने छ ।



पप्पु फिल्मकर्मीहरुको  ४६ दिने आन्दोलनको भावना विपरित तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवको एकल प्रयासबाट बोर्ड अध्यक्ष बनेका हुन् जुन निर्णयलाई खुला दिलले अझै पनि स्वीकार गरेका छैनन् फिल्मकर्मीहरुले ।