माओवादी द्वन्द्वकालका केही घटनालाई आधार बनाई नेपालको राजनितिक अवस्था र त्यसले जनमानसमा पारेको प्रभावलाई कथानक बनाएको फिल्म 'खग्रास' यहि जेठ ३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
बैकल्पिक सिनेमा नेपालको प्रस्तुतीमा शैलेश आचार्यले निर्देशन गरेको यो फिल्मलाई अमेरिकाका केहि स्टेटमा प्रदर्शन गरेपश्चात नेपालमा प्रदर्शन गर्न लागिएको हो । अमेरिकाको न्यूयोर्क र डिसी एरियाको साथमा नेपालको लमजुङ, धादिङ, काठमाण्डौ र भक्तपुरमा छायाँकन गरिएको यो फिल्ममा सुनिल पोखरेल, संयोग पोखरेल, सोनी केसी, दुर्गा बराईली, एन्थोनी विलेट, एलिस प्रोय लगायतको अभिनय रहेको छ ।
फिल्ममा ताराप्रकाश लिम्बु, न्यू बज्राचार्य र सुगम पोखरेलको संगीत रहेको छ । समावेश गरिएका ६ वटा गीतमा सुगम पोखरेल, सनुप पौडेल, न्यू बज्राचार्य, उत्तम लिम्बु, मनिष पोखरेल, प्राश्ना शाक्यको स्वर तथा ताराप्रकाश लिम्बु, दुर्गालाल श्रेष्ठ, विप्लप प्रतीक र रमण घिमिरेको शब्द रहेको छ । सेन्सरको झमेलामा पर्दा यो फिल्मलाई दुई बर्ष अघि गुरूकुलमा पनि प्रदर्शन गरिएको थियो । फिल्मको सार्वजनिक 'टिजर' यस्तो छ -

