Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटिङमा बर्थडे सेलिब्रेट गर्दै मुकेश

फिल्मीखबर, काठमाण्डौ, 2013/04/22

आज सोमबारबाट नायक मुकेश ढकालले आफू २८ बर्षमा पुगेको बताए । पत्याउनु हुन्छ ? हाँस्दै मुकेश भन्छन्- 'हुनत ३० क्रश नै हो तर म भन्दा जेठो हिरोहरूले आफ्नो उमेर ३० बर्ष भन्न थाले अनि मैले पनि २८ भन्देको नि !'

 

सिन्धुलीको नेपालथोकमा फिल्म 'एक्सिडेन्ट'को सुटिङमा व्यस्त रहेका नायक ढकालले फिल्मीखबरसँगको कुराकानीमा आफ्नो जन्मदिन सोही स्थानमा फिल्म निर्माण युनिटसँग सेलिब्रेट गर्ने बताए । 'दिनभरि सुटिङ गर्छौं अनि साँझ ५ बजे तिर केक र खसी काटेर जन्मदिन मनाउने हो', नायक ढकालले भने- 'यो बेला मैले श्रीमती मेलिना मानन्धर र छोरी मेलिष्कालाई निकै मिस गरेको छु ।'

 

सन्देश बराइलीको निर्माणमा कृष्ण अनमोलले निर्देशन गरिरहेको 'एक्सिडेन्ट'मा मुकेशले खुस्बु पौडेलसँग अनस्क्रिन रोमान्स गरिरहेका छन् । पानी परेका कारण सुटिङमा भने अबरोध आएको मुकेशले बताए ।