Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जन्मदिनमा फिल्मको लागी बरदान मागे आदित्यले

फिल्मीखबर, काठमाण्डौ, 2013/04/26

आकर्षक हेराई, मन्द मुस्कान र मिलेको ज्यान । उदयमान कलाकार आदित्य बुढाथोकी अभिनयमा पनि उत्तिकै तेज भएको उनका सहकर्मीहरु बताउँछन् । यिनै कलाकार आदित्यले अभिनय गरेको फिल्म ‘नेपथ्य’ आगामी जेठ २४ गते देशभरका हलहरुमा लाग्दैछ । पोस्टप्रोडक्सनको अन्तिम चरणमा पुगेको फिल्म नेपथ्यबाट निकै आशाबादी देखिने आदित्य अहिले फिल्मको प्रोमोशनमा हरतरहबाट जुटिरहेका छन् ।

हुन त यिनको डेब्यु फिल्म ‘तिमी मेरो म तिम्रो’ हो । तर विभिन्न प्राविधिक कारणले बनिसकेको धेरै समयसम्म पनि हलमा आउन नसकेपछि यिनको पहिलो फिल्मको रुपमा नेपथ्य नै हलमा आउने भएको छ । नेपथ्यलाई रामराजा दाहालले निर्माण र निर्देशन गरेका हुन् । ‘नेपथ्य मेरो करिअर संग जोडिएको फिल्म हो,’ फिल्मको प्रसंग उप्काउँदै आदित्यले भने–‘मैले निकै आशा गरेको छु ।’ तिमी मेरो म तिम्रोको कुरा गर्दै आदित्यले भने–‘एउटा फिल्म रिलिज नहुँदा निर्माता र निर्देशकलाई गार्‍हो पर्ने कुरा त स्वभाविकै भयो तर एउटा कलाकारलाई पनि त्यसले नकारात्मक असर पार्ने कुरालाई मैले अनुभव गरेको छु ।’ त्यसैले पहिलो पाईला सार्दा नै ठेस लागेका यी कलाकारले आफ्नो दोस्रो फिल्मबाट ठुलो आश गरेको बताए ।

पोस्टप्रोडक्सनको क्रममा रहेको फिल्म नेपथ्यको टिमसंगै भेटिएका आदित्य शुक्रबार निकै रसिक मुद्रामा देखिन्थे । कारण उनको जन्मदिन बैशाख १३ गते रहेछ । ‘मैले मेरो जन्मदिनमा म र मेरो करिअरलाई सम्झेर नेपथ्यको सफलताको लागी ईश्वरसंग बरदान मागेको छु,’ उनले भने–‘जन्मदिनको दिन ईश्वरलाई मागेको वरदान पुरा हुन्छ भन्ने लागेको छ ।’ जन्मदिनको अवसर पारेर नेपथ्य युनिटको तर्फबाट निर्देशक रामराजा दाहालले आदित्यलाई विशेष गिफ्ट प्रदान गरेका थिए ।

प्रर्दशन मिति तोकेर यतिबेला नेपथ्य युनिट प्रोमोशनको क्रममा रहेको छ । सामाजिक संजाल र मिडियामा हाईप बनाईरहेको फिल्मले केहि दिनमा नै फिल्मको प्रोमो रिलिज गर्ने जानकारी दिएको छ । फिल्ममा आदित्य बुढाथोकी, विल्शनविक्रम राई, रेम बिक, मानव सुवेदी, सोना तिमिल्सिना, रवी गिरी, रश्मी भट्ट, शिशिर खरेल लगाएतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । प्रोमोशनमा जुटेको फिल्म नेपथ्यलाई सफलताको शुभकामना र आदित्यलाई जन्मदिनको शुभकामना ।