Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

पोखरेली युवाको `घात`

रेम बिक, पोखरा, 2013/04/26

पछिल्लो समय पोखरा फिल्ममय बन्दैछ । नेपाली फिल्मप्रति यहाँका युवाहरुको आकर्षण बढ्दै गएको छ । युवाहरु हलसम्म पुगेर फिल्म हेर्ने कल्चर नबसेपनि फिल्म निर्माणमा भने यहाँका युवापुस्ता जुर्मुराउँदै गएका छन् । अहिले पोखरामा विभिन्न समुहहरुले फिल्म बनाउनका लागी होमवर्क पनि गरिरहेका छन् । यहि मेसोमा सबैभन्दा पहिले भने पोखराका केहि युवाहरु मिलेर एउटा फिल्मको छायाँकन शुरु गरिसकेका छन् ।

हाल पोखराका विभिन्न स्थानमा छायाँकन भैरहेको फिल्म हो, घात । ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरबाट निर्माण भैरहेको फिल्मलाई राम गुरुङले निर्देशन गर्दैछन् । गुरुङले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् । ‘अहिलेका युवापुस्ता अँध्यारोमा रुमल्लीराखेका छन् र उनीहरु उज्यालोमा आउन सकेको खण्डमा मात्र देश विकासको संभावना बलियो हुन्छ,’ फिल्मको बारेमा प्रस्ट्याउँदै निर्देशक गुरुङ भन्छन्–‘घातले यस्तै विषयलाई कथान्तर गरिरहेको छ ।’

फिल्मको प्राविधिक निर्देशन भने नेत्र गुरुङले गरिरहेका छन् । फिल्मलाई छायाँकार मिलन शंकरले छायाँकन गरिरहेका छन् । फिल्मको द्वन्द निर्देशन भने दीपेन्द्र श्रेष्ठले गरिरहेका छन् । फिल्ममा जीवन प्रधान, प्रिति लामा, कुसुम मगर, रामजी सेवान, रुपक परियार, देव जोशी, विक्रम बिक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । १५ दिनमा सुटिङ प्याकअप गर्ने लक्ष्य राखेको निर्माण टोलीले फिल्मलाई असार महिनासम्म प्रदर्शनमा ल्याईसक्ने जनाएको छ ।