
भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित नेपाली फिल्म ‘घलेक’को विशेष प्रदर्शनी हुने भएको छ । चैत ३, १० र १७ गते यहाँको वाराहि हलमा फिल्म प्रदर्शनमा आउन लागेको निर्माणपक्षले विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । गुरुङ सँस्कृतिमा आधारित रहेर बनेको यो फिल्म निकै स्तरिय बनेको निर्माणपक्षको दावी छ ।

साढे दुई महिनाको विदेश भ्रमणबाट हिजो स्वदेश फर्किएका जीवन लुईटेललाई साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिका फिल्मीखबर साप्ताहिकले बर्ष हिरोको रुपमा आज सम्मान गरेको छ ।

अन्तत: निर्माता संघका अध्यक्ष राजकुमार राईलाई अविश्वासको प्रस्तावबाट हटाउन निर्वतमान अध्यक्ष नै अग्रसर भएको रहस्य आज हामी तपाईलाई खोल्दैछौ । हाल डिजिटल सिनेमा नेपाल डिसिएनका प्रवन्ध निर्देशक समेत रहेका निर्माता संघका निवर्तमान अध्यक्ष अशोक शर्माले आफ्ना प्यानलमा रहेका फिल्मकर्मीलाई चेपुवामा पार्दै राईलाई हटाउने तयारीमा करिब सफलता हासिल गरिसकेको स्थिती छ ।

गत फाल्गुन २५ गते रिलिज भएको फिल्म 'रिदम' लाई दर्शकले जसरी रूचाएका छन् त्यसरी नै उक्त फिल्मको गीतलाई पनि उत्तिकै रूचाएको पाईएको छ । फिल्मका निर्देशक विकास आचार्यले दिएको जानकारी अनुसार फिल्मको पागल म बन्न सक्छु गीतको सिआरबिटी र पिआरबिटी गरेर ५० हजार भन्दा बढि डाउनलोड भईसकेको छ ।

सेती नदीमा आएको बेमौसमी बाढीले धेरैको ज्यान लियो । कतिलाई घरबारविहिन बनायो तर कसैको रोजीरोटी नै खोस्यो । कसैले नसोँचेको यस्तो खाले प्राकृतिक घटनाले त्यसताका सबैलाई अचम्मीत बनाएको थियो । र, त्यसको प्रभाव पोखरा र सेती खोला आसपासका बस्तीहरुमा अझै पनि नकारात्मक नै छ ।

प्रोड्यूसर दीपक रमणले चलचित्र बिकास बोर्ड सञ्चालक समिति विरुद्ध अवज्ञाको मुद्धा सर्वोच्च अदालतमा दर्ता गराउने तयारी गरेका छन् ।

