Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19975 - 19980 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-03-10, आईतवार

चार महिने नेपाल  बसाईमा फिल्म निर्माण गर्ने उद्धघोष गरेका रमेश उप्रेती खाली हात अमेरिका फर्किएका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2013-03-10, आईतवार

भक्तपुर काँडाघारीमा रहेको  फिउचर होप अर्गनाईजेशनको भवन निर्माणका लागि फिल्म मञ्जरी युनिटले आफ्नो फिल्मको एक गीतबाट उठ्ने सिआरबिटीको पचास प्रतिशत रकम सहयोग स्वरूप उपलब्ध गराउँदै सामाजिक कार्यमा हात अघि बढाएको थियो । त्यसको लग्गतै परोपकार अनाथालयलाई समेत केहि आर्थिक सहयोग गरेको फिल्म निर्माण युनिटले शिवरात्रीको अवसर पारेर पशुपती दर्शन गर्न आएका भक्तजनहरूलाई पानी खुवाएर अर्को सामाजिक कार्य गरेको छ ।
 

फिल्मीखबर, झापा, 2013-03-10, आईतवार

झापाको लक्ष्मीपुर स्थित श्री हिमाली निम्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा निल डेभिड्स हेयर सलुन तथा एकेडेमीले शनिबार विद्यालय प्रांगणमा निल डेभिड्स इन्डो नेपाल हेयर स्टाइलिंग कम्पिटीशनका साथ भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-10, आईतवार

महाशिबरात्रीको अवसर पारेर फिल्म 'प्रमिश' को गीत सार्वजनिक गरिएको छ । सिङ्गापुरमा सुटिङ गरिएको उक्त गीतमा नायिका केकी अधिकारी र नयाँ प्रस्तुतीको रूपमा रमेशचन्द्र राई र नर कुमार लिम्बुले अभिनय गरेका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-09, शनिवार

न्यूयोर्क स्थित विश्वप्रशिद्ध आधुनिक कला संग्रहालय “म्युजियम अफ मोडर्न आर्ट (मोमा)” ले नेपाली फिल्म हाइवेलाई यस बर्षको प्रतिष्ठित समकालिन एसियन फिल्मको प्रदर्शनी “कन्टेम्पोरएसियन”को उदघान फिल्म बनाउने घोषणा गरेको छ । त्यससँगै संग्रहालयले एप्रिल २५ तारिखदेखि मे १ सम्म लगातार एक हप्ता न्युयोर्क स्थित आफ्नो “रोय एण्ड न्यूता तितुस” सिनेमा घरमा हाइवेको प्रदर्शन गर्ने छ ।

अर्पण ढकाल, धरान, 2013-03-09, शनिवार

राम्रो कथाबस्तु र उत्कृष्ट प्रस्तुतीकरण सहित फिल्म निर्माण भएमा नेपाली फिल्म हेर्न दर्शक हल सम्म पुग्छन् भन्ने कुरालाई पुन: एक पटक फिल्म रिदमले प्रमाणित गरेको छ । हिजो शुक्रबारबाट देशभरका हल मार्फत रिलिजमा आएको रिदमलाई दर्शकले त मन पराए नै फिल्मले कलेक्सन समेत उत्साहजनक गरेको छ। देशभरका विभिन्न स्टेसनसंगै पुर्वका हलमा समेत रिदमले दर्शकको उत्साहप्रद साथ पाएको छ ।

Results : 19975 - 19980 of 24005