०६९ सालको अन्त्यमा नोटबुक फिल्ममा नीता ढुंगानासँग रोमान्स गरेका नायक जीवन लुईटेललाई अब हट एण्ड सेक्सी नायिका शुष्मा कार्कीसँग रोमान्स गरेको देख्न पाईने भएको छ ।

०६९ सालकै सफल फिल्मको लिस्टमा परेको बिन्दास फिल्मको सिक्वेलका लागि निर्माण युनिटले नायक लुईटेललाई पाँच लाख एक हजारमा शुक्रबार अनुबन्धित गरिएको छ । बिन्दासमा सेक्स कन्टेन्टलाई फोकस गरिएपनि बिन्दास-२मा भने सेक्स कन्टेन्टलाई फोकस नगरेकाले जीवन फिल्म खेल्न राजी भएको बताए । 'एक त फिल्मको कथाबस्तु राम्रो छ अर्को कुरा निर्माता मधु कुमार श्रेष्ठसँग मेरो आफ्नै छुट्टै सम्बन्ध छ,' जीवनले फिल्म खेल्न राजी हुनुको कारण खुलाउँदै भने- 'हिट फिल्मको सिक्वेल खेल्दा राम्रै होला भनेर पनि खेल्न तयार भएको हुँ ।'
राजु गिरीको निर्देशनमा बन्न लागेको यो फिल्मले लागु औषधको बिषयलाई मुख्य बिषय बनाएको छ । 'फिल्म मार्फत मेरो भुमिकाले सकारात्मक सन्देश दिनेछ,' जीवनले भने । फिल्ममा नायिका कार्कीलाई यसअघि नै अनुबन्ध गरेको निर्माण जनाएको छ । फिल्मको सुटिङ यहि जेठ १० गतेबाट शुरू हुने भएको छ ।

