Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`राष्ट्रिय चलचित्र पुरस्कार`को नाम विवादमा

फिल्मीखबर, काठमाण्डौ, 2013/05/17

आगामी असार १६ गते चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट 'राष्ट्रिय चलचित्र पुरस्कार' वितरण गर्दैछ । यहि नाममा गोपीकृष्ण इन्टरटेनमेन्टको व्यवस्थापनमा नेपाल चलचित्र बिकास कम्पनीले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०६९’को पहिलो संस्करण आयोजना गर्दैछ ।

 

सरकारी निकायले बाहेक अन्य प्राईभेट संघसंस्थाले राष्ट्रिय चलचित्र पुरस्कारको नाम प्रयोग गर्न नपाउने प्राबधान छ तर नेपाल चलचित्र बिकास कम्पनीले भने यहि नामको प्रयोग गरेको छ । 'हामीले राष्ट्रिय चलचित्र पुरस्कारको अगाडी केही शब्द राखेर मात्र पुरस्कार दिन भनि सम्बन्धित संस्थालाई पत्राचार गरिसकेका छौं,' बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले भने- 'यहि उहाँहरूले अटेर गरेर अगाडी बढ्नु भयोभने कारवाहीको प्रक्रियामा हामी जानेछौं ।'

 

यता यसअघिका बोर्ड अध्यक्ष गणेश भण्डारीले राष्ट्रिय चलचित्र पुरस्कारको नाम प्रयोग गर्ने अनुमति दिएकाले यहि नाममा अवार्ड गर्न लागेको आयोजक संस्थाले बताएको छ । बोर्डले भने गणेशको निर्णयलाई अहिलेको बोर्डले खारेज गरिसकेको छ । आयोजकले नाम परिवर्तन नगरी यहि नाममा नै अवार्ड वितरण गर्ने अड्डी कसेको छ ।

 

नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई २०६९ वैशाख १ गतेदेखि २०६९ चैत्र मसान्तसम्म नेपालका कम्तिमा ५ वटा फिल्म घरहरूमा व्यवसायिक रूपमा प्रदर्शनमा आएका नेपाली फिल्म तथा उक्त फिल्ममा संलग्न एवं सहभागी कलाकारहरू, प्राविधिज्ञहरू तथा लेखक राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल गराइएको छ ।


चलचित्र ऐनमा ब्यवस्था भए अनुरुप अवार्ड आयोजना गर्नका लागि चलचित्र विकास बोर्डको पूर्व स्विकृति लिई बोर्ड सहित चलचित्र क्षेत्रका विभिन्न संघ संस्था, चलचित्रकर्मी तथा चलचित्र बिज्ञसँगको अन्र्तक्रिया र उनीहरुको साथ सहयोगमा ‘राष्ट्रिय चलचित्र पुरस्कार ०६९’ को टर्मस अफ रिफेन्स तयार पारी १५ विधामा पुरस्कार प्रदान गरिदै छ । फिल्म उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्‍याएका र हाल पनि क्रियाशिल विशिष्ट फिल्मकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नाम बाटै अवार्डको नाम राखिएको छ ।

 

पहिलो वर्ष १५ विधामा अवार्ड प्रदान गरिने भए पनि आगामी वर्षहरुमा अन्य बिधा थप्दै जाने आयोजकको लक्ष्य रहेको छ । कुल १५ बिधा मध्ये १२ बिधाका लागि संयोजकसहित ५ सदस्य रहेको निर्णायक समितिबाट मूल्यांकन गरी वर्षभरि प्रदर्शित फिल्महरूबाट उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार)को नाम सार्वजनिक गरिएको छ । बाँकी तीन बिधामा पनि निर्णायकहरुकै मूल्याङ्कनका आधारमा अवार्ड वितरण हुने कार्यक्रममै सर्वोत्कृष्टको घोषणा गरीने छ । नेपाल चलचित्र बिकास कम्पनीले सार्वजनिक गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार ०६९’को उत्कृष्ट ५ मनोनयन सूची :


१, “हिरा” सर्वोत्कृष्ट चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
क. के म तिम्रो साथी बन्न सक्छु – के.पी. फिल्म्स
ख. किन लाग्छ माया – पपुलर मल्टिमिडिया   
ग. मालतिको भट्टी – काविल फिल्म्स÷ब्रदर्स फिल्म्स   
घ. रिदम – वान टाइम सिनेमा           
ङ. सायद – दुर्गिस फिल्म्स           

२, “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
क. विकास आर्चाय – रिदम           
ख. गणेश देव पाण्डे – मालतिको भट्टी       
ग. गोपाल चन्द्र लामिछाने – किन लाग्छ माया   
घ. सविर श्रेष्ठ – के म तिम्रो साथी बन्न सक्छु   
ङ. सुरज सुब्बा ‘नाल्बो’ – सायद           
३, “शिव” सर्वोत्कृष्ट अभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
क. आर्यन सिग्देल– के म तिम्रो साथी बन्न सक्छु       
ख. जीवन लुइँटेल – मालतिको भट्टी           
ग. राज बल्लभ कोइराला – अपवाद           
घ. सौगात मल्ल – छड्के           
ङ. संयम पुरी – सायद   
       
४, “भुवन” सर्वोत्कृष्ट अभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
क. गरिमा पन्त – फूल           
ख. निशा अधिकारी – मायाज बार       
ग. निता ढुङ्गाना – नोटबुक           
घ. प्रियंका कार्की – कलिउड           
ङ. रेखा थापा – लंका           

५, “नीर” सर्वोत्कृष्ट सहअभिनेता, राष्ट्रिय चलचित्र पुरस्कार
क. अनुभव रेग्मी – रिदम           
ख. विपिन कार्की – छड्के           
ग. कर्म – मृगतृष्णा           
घ. सुवास थापा – फेसबुक           
ङ. विल्सन विक्रम राई – सायद           

६, “वसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, राष्ट्रिय चलचित्र पुरस्कार
क. दिया मास्के – सुनगाभा           
ख. करिश्मा मानन्धर – मायाज बार       
ग. नन्दीता के.सी. – मालतिको भट्टी       
घ. रिमा बि.क. – भिजागर्ल           
ङ. सुमिना घिमिरे – रङ           

७, “भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, राष्ट्रिय चलचित्र पुरस्कार
क. चन्द्र पन्त – हमेशा           
ख. हिमाल के.सी. – बडिगार्ड           
ग. एन.बि. मर्हजन – मायाज बार       
घ. राजेन्द्र खड्गी – लंका           
ङ. योगेन्द्र श्रेष्ठ – छड्के           

८, “शम्भुजीत” सर्वोत्कृष्ट संगीतकार, राष्ट्रिय चलचित्र पुरस्कार
क. अर्जुन पोखरेल – बिन्दास           
ख. वसन्त सापकोटा – नोटबुक           
ग. दिनेश सुनाम – के म तिम्रो साथी बन्न सक्छु   
घ. लक्ष्मण शेष – किन लाग्छ माया       
ङ. सुरेश अधिकारी – मायाज बार       

९, “उदित” सर्वोत्कृष्ट पाश्र्व गायन, राष्ट्रिय चलचित्र पुरस्कार
क. आस्था राउत – माया यो माया (मायाज बार)   
ख. प्रमोद खरेल – किन लाग्छ.. (किन लाग्छ माया)   
ग. राजेश पायल राई – सर सर माया (मायाज बार)   
घ. शिब परियार – बाटो मोडेर गयौं (बिन्दास)   
ङ. स्वरुप राज आर्चाय – पागल म बन्न (रिदम)   

१०, “मञ्जु” सर्वोत्कृष्ट छायाँकार, राष्ट्रिय चलचित्र पुरस्कार
क. दिपक बज्रचार्य – सो सिम्पल       
ख. हरि हुमागाई – कलिउड           
ग. पुरुषोतम प्रधान – मायाज बार       
घ. संजय लामा – सायद           
ङ. शिव ढकाल –  मृगतृष्णा           

११, “प्रदीप” सर्वोत्कृष्ट पुनः ध्वनी मुद्रण(मिक्सिङ), राष्ट्रिय चलचित्र पुरस्कार
क. डिजे एलएक्स  – सायद           
ख. मुकेश शाह – के म तिम्रो साथी बन्न सक्छु   
ग. राजकृष्ण श्रेष्ठ÷सुनयमान श्रेष्ठ – फूल       
घ. सुनयमान श्रेष्ठ – किन लाग्छ माया        
ङ. उत्तम न्यौपाने –  रङ           

१२, “चेतन” सर्वोत्कृष्ट पटकथा लेखक, राष्ट्रिय चलचित्र पुरस्कार
क. अविनाश श्रेष्ठ – किन लाग्छ माया       
ख. विकास आचार्य÷शिव रेग्मी –  फूल       
ग. प्रचण्डमान श्रेष्ठ – भिजागर्ल       
घ. शिवम अधिकारी – के म तिम्रो साथी बन्न सक्छु   
ङ. सुरज सुब्बा ‘नाल्बो’ – सायद       


१३, “मह” जुरी (क्रिटिक्स) राष्ट्रिय चलचित्र पुरस्कार
विगत लामो समयदेखि आदर्श जोडीको रूपमा जीवन्त अभिनयमार्फत नेपाली चलचित्र क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यले पुर्‍याउनुभएको योगदान अतुलनीय छ । चलचित्रका साथै समाजसेवामा समेत क्रियाशील यो जोडीले विभिन्न सामाजिक सचेतनामूलक टेलि÷कथानक चलचित्रहरूसमेत निर्माण, निर्देशन तथा अभिनय गरी मानोरञ्जनको दुनियामा अमिट छाप छोड्न सफल हुनुभएको छ । मह जोडीले देश तथा विदेशमा समेत नेपाली कला संस्कृतिको प्रचारप्रसारका लागि महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । उहाँहरूकै सम्मानस्वरुप मह जोडीमा समर्पित गर्दै जुरी (क्रिटिक्स) पुरस्कार सहभागी चलचित्र, निर्माता, निर्देशक, कलाकार, लेखक तथा प्राविधिज्ञहरूमध्ये निर्णायक समितिले आफै कार्यविधि बनाई छनोट गरेको कुनै एक श्रष्टालाई ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार राशीको “मह” जुरी(क्रिटिक्स), राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ । (यो अवार्ड नेपाली कला, साहित्य, संस्कृति, पर्यटन क्षेत्रको श्रीवृद्धि गर्ने उद्देश्यले जुनसुकै भाषामा स्वदेश वा विदेशमा निर्मित चलचित्रमा संलग्न निर्देशक, कलाकार, लेखक तथा प्राविधिज्ञहरूमध्ये जो कोहीलाई प्रदान गर्न सकिनेछ । विदेशी श्रष्ट्राको हकमा भने ५५५ युएस डलर पुरस्कार स्वरुप प्रदान गरिनेछ ।)

१४, “पुष्कर” सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार, राष्ट्रिय चलचित्र पुरस्कार
कामना प्रकाशन प्रा.ली.को स्थापना गरी नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा पुष्करलाल श्रेष्ठले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङकन गर्दै नेपाली चलचित्र उद्योगको श्रीबृद्धिका लागि विभिन्न इलेक्ट्रोनिक, छापा तथा अनलाइन आदि मिडियामार्फत उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक चलचित्र क्षेत्रका क्रियाशील पत्रकारलाई ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार राशीको “पुष्कर” चलचित्र पत्रकारिता, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।

१५, “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार
नेपाली चलचित्रको इतिहासमा अभुतपूर्व व्यवसायिक सफलता हासिल गरी पहिलोपटक रजत जयन्ती मनाउन सफल चलचित्र “कुसुमे रुमाल”को सम्झना स्वरुप यही चलचित्रमा संलग्न निर्माता, निर्देशक, कलाकारलगायत सम्पूर्ण श्रष्टाहरूप्रति समर्पित गर्दै आधिकारिक तथ्यांकका आधारमा वर्षभरिमा सबैभन्दा बढी टिकट बिक्री भई सर्वोत्कृष्ट व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रका निर्मातालाई ट्रफी तथा प्रमाणपत्रसहित “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्र, राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिनेछ ।