Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आगलागी पिडितका लागि `नाच्नै पर्‍यो नी`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/17

बिशेषत फिल्म निर्माणका लागि नेपालमा भर्खरै स्थापना गरिएको प्यासन इन्टरटेन्मेन्ट र युकेमा नेपाली फिल्मको प्रदर्शन, वितरण तथा निर्माणका लागि स्थापना गरिएको लामिस प्रोडक्सनले सामाजिक कार्यमा हात हाल्दैछ ।

 

बर्दिया जिल्लाको बेलवा गाविसका आगलागि पिडितहरूको सहयोगार्थ यि दुई कम्पनीले संयुक्त रूपमा राजधानीमा 'नाच्नै पर्‍यो नी' नाम दिएर डान्स पार्टीको आयोजना गर्दैछन् । यहि जेठ १८ गते दरवारमार्गमा अवस्थित सिड्ब्लू रेष्टुरेन्टमा दिउँसो एक बजेबाट शुरू हुने सो कार्यक्रममा ‘वेष्ट डिजेज्’, ‘बि-बोईङ्’, ‘डान्स पर्फमेन्स’, ‘फुड स्टल एण्ड बार’, ‘लाईभ म्यूजिक पर्फमेन्स’ तथा ‘सेलिब्रेटिज’ लगायतका आकर्षण रहनेछन् ।

 


 

कार्यक्रममा आयोजकले बेस्ट डान्स गर्ने कपललाई आकर्षक उपहार दिने भएको छ । यस्तै कार्यक्रमबाट संकलित रकमबाट लागेको खर्च कटाएर सम्पूर्ण आगलागि पिडितलाई प्रदान गरिने आयोजकले बताएको छ । नेपालका केहि सेलिब्रेटीको समेत सहभागिता रहने सो कार्यक्रममा फिल्मी माहोल पनि बनाईने आयोजकले जानकारी गरायो । 'सेलिब्रेटीहरूको पनि बिशेष प्रस्तुती रहनेछ,' आयोजक संस्था प्यासन इन्टरटेन्मेन्टका चिअर म्यान आरूष गुरूङले बताए । आरूष प्रदर्शनको क्रममा रहेको फिल्म 'जाउँ हिड पोखरा'का डेब्यू नायक पनि हुन् ।