
कलाकारहरुको ईज्जतलाई सर्वोच्च शिखरको चुचुरोसम्म पुर्याउने अठोटका साथ हिरो अर्जुन कार्की एभरेष्ट यात्रामा निस्किएका छन् ।

फिल्म नैना रेशमको ढल्क्यो ढल्क्यो वोलको चर्चित गीतवाट गाउन सुरु गरेकी गायिका माण्डबी त्रिपाठीले मेरो बारुली कम्मर लचक्कै वोलको गीत गाउदा दर्शकको निरन्तर हुटिङ पाउनुका साथै युवतीहरुलाई कम्मर मर्काएर नचाउन सफल भएकी थिइन् ।

सहि गलत छुट्याउन नसक्दा दश बर्ष लगाएर बनाएको क्रेजलाई घटाईरहेकी रेखा थापाको सम्बन्ध दीपाश्री निरौलासँग पनि विग्रिएको देखिएको छ ।

पाँच सय भाग पुगेको अबसरमा नेपालको नम्बर वान टेलिभिजन कार्यक्रम तीतो सत्य यूनिटले सम्पूर्ण तयारी गर्दापनि फिल्म निर्माणको घोषणा भने गर्न सकेन ।

४२ बर्षीय दीपराज गिरीको २३ बर्षीया छोरी मौसमीलाई दर्शकमाझ ल्याईएको छ ।

जीवनसाथी फिल्म्सले निर्माण गरेको फिल्म 'अन्तराल' ले जेष्ठ ३ गतेलाई आफ्नो रिलिज मिती तय गरेको छ । रिलिज डेटसँगै फिल्मको गीत समेत सार्वजनिक गरिएको छ ।

