Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19963 - 19968 of 23727
फिल्मीखबर, काठमाण्डौ, 2013-01-03, बिहिवार

भ्यालेन्टाईनको अवसर पारेर अर्न्तराष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजनाका साथ अगाडी बढेको फिल्म प्रोडक्सन कम्पनी सफ्ट ईमेजले आफ्नो फिल्म 'मेरो भ्यालेन्टाईन' को फस्टलुक अर्न्तगत प्रोमोश्नल गीतको प्रोमो रिलिज गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-03, बिहिवार

लामो समय देखि अनवरत रूपमा फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका बरिष्ठ फिल्मकर्मी निर शाह भने अहिलेको यो ग्रसित अवस्थाबाट आफू निकै फ्रस्टेड भएको भन्दै फिल्म क्षेत्र नै छोड्ने मनस्थिती बनाएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-03, बिहिवार

चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि पैसाको चलखेल शुरू भएको बिश्वस्त स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ ।
 

फिल्मीखबर, दोहा, 2013-01-03, बिहिवार

भोली शुक्रबार कतारको दोहा सिनेमा हलमा नेपाली फिल्म 'नाईन ओक्लक' को बिशेष प्रदर्शन गरिंदै छ । गतसाता कतार आईपुगेका फिल्मका निर्देशक बाबुराम ढकाल र लेखक प्रकाश पुरी सहितको एक टिमले बिशेष प्रदर्शनका लागि भव्य तयारी गरेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-02, बुधवार

पितृसत्तात्मकताले पिल्सिएको हाम्रो नेपाली समाजमा महिला हिंसा र बलत्कार पुर्खौं देखि चलिआएको हो तर अहिले यस मुद्धाले प्राथमिकता पाएको देखिएको छ । बिगतका समयमा महिला हिंसा, बलत्कार, हत्या निकै हुन्थे तर त्यो बेलाका घटनाहरू घट्थे र टर्थे । अहिले सञ्चारमाध्यम बढि जुर्मुराएको देखिन्छ त्यसैले त साधारणतया बाहिर ननिस्किएका यस्ता घटनाहरू बिस्तारै बाहिरिन थालेका छन् र आवाज पनि उठ्न थालेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-01-02, बुधवार

धन्दा फिल्म कतिले हेर्नु भएको छ ? यादि हेर्नु भएको छैन यहाँ उल्लेख गरिएको समाचारको बिषयमा जानकारी पाउन तपाईले यो फिल्मको प्रोमो मात्र हेरे पनि पुग्छ । यो समाचार सम्प्रेशण गर्नु फिल्मीखबरको खबरदारी अभियान पनि हो । किन कि सार्वजनिक सम्पत्ति क्षति गर्दा त्यसको भरपाई हुन जरुरी छ । र, यस्तै भरपाईको अवस्था धन्दा फिल्मको हकमा पनि देखिएको छ ।

Results : 19963 - 19968 of 23727