लक फिल्म बनाएर फिल्म मेकिङको केही फर्मुला सिकेका हरि खनालको टिमले फिल्म उद्योगमा ईन्डियन लगानी भित्राउने जमर्को गरेको छ । रिपोर्टस क्लवमा प्रेस मिट गरी आज उनले ईन्डियाका एक प्रोड्यूसर अजय खेरलाई समेत उपस्थित गराउदै यो खबर सार्वजनिक गरेका हुन् ।
ईन्डियासंगको सुमधुर सम्बन्धलाई निरन्तरता दिने उद्देश्य भन्दै खनालको टिमले भारतिय र नेपाली दुवै भाषामा फिल्म बनाउन सम्पूर्ण तयारी करिब पुगिसकेको बताएको छ । खरेले प्रेस मिटमा देखिएको उत्साहले आफूलाई लगानी गर्न उत्साह थपेको बताए । उनले यो उत्साह यहि किसिमले भएमा अन्य नेपाली फिल्मलाई पनि ईन्डियन भाषामा डबिङ गरेर मार्केट बढाउन आफ्नो सहयोग पनि रहने बताए ।
.jpg)
जेएस फिल्म प्रालिको ब्यानरमा लगानी हुने यो फिल्मको टाईटल सार्वजनिक चाहि गरिएको छैन तर यो लगानीबाट बन्ने फिल्ममा दुवै देशका कलाकार रहने दाबी प्रेस मिटमा गरिएको छ । ईन्डियन लगानीमा बन्ने फिल्ममा नेपालको तर्फबाट आयुष रिजाल र गरिमा पन्त फाईनल भएका छन् जो प्रेस मिटमा नव दुलाहा दुलही जस्तो गरी उपस्थित भएका थिए । फिल्ममा गोविन्द गौतमको निर्देशन रहने छ ।
ईन्डियाको तर्फबाट आर्टिष्ट को हुने जानकारी केही दिन पछि हुने भब्य शुभ मुहुर्तमा गरिने बताइएको छ । यस्तै यो फिल्मको रिलिज पश्चात उठ्ने रकमको पचास प्रतिशत रकम नेपाल–भारत मैत्री हस्पिटलमा फिल्कर्मी कल्याण कोष पनि स्थापना गरिने बताईएको छ ।

