Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

उक्लिंदै छ `अन्तराल`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/18

जेठ ३ गते अर्थात हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'अन्तराल'ले प्रदर्शनको शुरूवात मध्यम गरेको छ । शुक्रबार सोचे अनुरूपले फिल्मको व्यवसाय हुननसकेपनि नसोचेको दर्शक प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ ।

 

 
'हिजो दर्शकबाट पाएको प्रतिक्रियाले हामी हर्षित छौं,' निर्देशक दीपा बस्नेतले भनिन्- 'आज शनिबारको शो प्राय ठाउँमा राम्रो छ ।' माउथ पब्लिसिटी राम्रो भएकाले भोलीबाट फिल्मले अझ राम्रो पिकअप लिने दीपाको बिश्वास छ । अन्तरालसँगै रिलिज भएका अन्य फिल्मले राम्रो बिजनेश नगरेकाले धेरै हलबाट उत्रने अवस्थामा छ जसको प्रत्यक्ष फाईदा अन्तरालले लिने देखिन्छ । 'हिजो चार वटा मात्र हल पाएका थियौं आजबाट केहि हल थपिएको छ,' दीपाले भनिन् ।

 

'फिल्म हेरूञ्जेल दर्शकहरू मज्जाले हाँसेको पाईयो,' निर्देशक दीपाले भनिन्- 'दर्शकलाई खुसी बनाउन सकें भन्ने लागेको छ ।' यस्तै शुकबार एफक्यूबमा दर्शकसँगै बसेर फिल्म हेरेका कलाकारहरू पनि राम्रो प्रतिक्रिया पाएकोमा दंग छन् । नायिका नम्रता सापकोटा भन्छिन्- 'हेरे जति सबैले फिल्म राम्रो बनेको प्रतिक्रिया दिनुभयो ।' फिल्मकर्मी तथा सञ्चारकर्मीबाट पनि राम्रो प्रतिक्रिया पाएको यो फिल्म अहिले राजधानीका क्यूएफएक्स सेन्ट्रल, कुमारी, एफक्यूब, गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, बाराही, कलंकी लगायतका हलमा चलिरहेको छ ।

 

युवापुस्ताले देख्ने विभिन्न खाले सपना र सपना पुरा गर्नका लागी गर्नुपर्ने विभिन्न खाले संघर्षलाई फिल्ममा कलात्मक पाराले उतारिएको यो फिल्ममा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको मुख्य भुमिका रहेको छ ।