Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19969 - 19974 of 23727
फिल्मीखबर, काठमाण्डौ, 2013-01-02, बुधवार

सपना देखेर पछि नै पूरा हुने हो तर सबै देखिएका सपना पूरा हुन्छन् भन्ने पनि हुँदैन । बिगत आठ बर्ष देखि नाट्य बिधामा काम गर्दै आएकी कलाकार समुना केसीको हकमा भने यो कुरा लागु भएको छ । उनले जे कुराको सपना देख्थिन् त्यो आज पूरा हुँदै आएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर केहि फिल्मकर्मीहरूले नौ बुँदा माग राख्दै दुई साता अघि अनसन बसे । सञ्चारमन्त्री राजकिशोर यादवले चार दिन पछि अनसन तोडाउँदै माग गरिएका नौ बुँदा मध्ये चार बुँदालाई तत्काल पूरा गर्ने प्रतिबद्धता जनाउँदै दुई पक्ष बिच हस्ताक्षर गरे । तर, उनले गरेको प्रतिबद्धता अहिले सम्म पूरा हुन सकेको छैन ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

पौष २७ मा रिलिज गर्ने भनेर प्रचारप्रसार गरिएको फिल्म 'पदमिनी' को पौष २७ मा रिलिज गर्ने भनेर प्रचारप्रसार गरिएको फिल्म 'पदमिनी' सरेर माघ २६ मा पुगेको छ । पोष्टप्रोडक्सनको काम सकिने अवस्था नदेखेको र क्यू सिस्टमबाट पौष २७ मा रिलिज गर्ने अवस्था नदेखेको भन्दै निर्माण युनिटले रिलिज डेट हेरफेर गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

कुनै बेलाका नेपाली फिल्मका चर्चित अभिनेता निखिल उप्रेती अहिले मुम्बईमा नै संघर्ष गर्दैछन् जसले गर्दा उनी नेपालबाट लगभग गुमनामको अवस्थामा छन् । उनले अभिनय गरेका फिल्म पनि रिलिज भएर सकिन लागेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

अंगालो यो मायाको फिल्मबाट रजतपटमा पाईला चालेकी नायिका हर्षिका श्रेष्ठको सपना थियो तोरी बारीमा साडी उडाउने । उनको यो सपनालाई फिल्म 'जन्जिर' ले पूरा गरिदिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-01-01, मंगलवार

टेलिफिल्म हुँदै फिल्मकी हिरोईन बनेकी सौजन्य सुब्बा आजबाट २९ बर्ष पुरा भएकी छिन् । न्यू ईयर ईभको रौनकसंगै उनले यस पटकको बर्थ डेलाई स्पेशल बनाउने तयारी गरिरहेकी थिईन् तर घरमा जुठो परेपछि उनका सम्पूर्ण प्लानहरु क्रयास भएका छन् ।

Results : 19969 - 19974 of 23727