Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19951 - 19956 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-03-15, शुक्रवार

अन्तत निर्देशक समाज र  निर्माता संघ पश्चात  कलाकार संघमा पनि राजनीति घुसेको छ । राजनीति आफैमा नराम्रो हैन तर यो भईरहेको गन्जागोललाई हेर्दा यहाँ भित्रको राजनीतिलाई फोहोरी भन्न हामी बाध्य भएका  छौ । गत कात्तिकमा भारी मतले बिजयी भएका अध्यक्ष नवल खड्काको कार्यसमिति विरुद्ध निर्वाचनमा हार खेपेको एक  समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको  हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-15, शुक्रवार

लामो समयदेखि प्रेमिप्रेमीकाको रूपमा रहेका अभिनेत्री ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठको सम्बन्धमा फाटो आएको छ ।
 

भोजराज कोइराला, महोत्तरी, 2013-03-15, शुक्रवार

महोत्तरीको बर्दिवासमा रहेको जानकी चलचित्र मन्दीर अब सुविधा सम्पन्न हुने भएको छ । झण्डै ३ दशक पुरानो जानकी चलचित्र मन्दीरलाई स्तरोन्नती गरेर सुविधा सम्पन्न बनाउन लागिएको हो । त्यसका लागि गएको फागुन १४ गते देखि फिल्म प्रदर्शन बन्द गरेर धमाधम हल मर्मतको काम भैरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-03-15, शुक्रवार

रिलिजको पूर्व सन्ध्यामा फिल्म मञ्जरीको थप अर्को गीत रिलिज गरिएको छ । निर्माण युनिटले यसअघि दुई वटा गीत सार्वजनिक गरिसकेको छ र ति गीत दर्शकस्रोताको मनमा बसिसकेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-14, बिहिवार

भोली शुक्रबारबाट देशभरका करिब ४ दर्जन फिल्म हलमा अभिनेत्री रेजिना उप्रेतीले निर्माण गरेको फिल्म वरदान लाग्ने भएको छ । यो फिल्मसँगै ‘हु विल वि अ गोर्खा’ नामक डकुमेन्ट्री पनि देशका केहि पर्दामा रिलिज हुँदैछ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-03-14, बिहिवार

ट्रेडिश्नल (परम्परागत) टाईटल चिनारी राख्दै लय संग्रौला पनि फिल्म डाईरेक्सनमा  उत्रिएका छन् । 

Results : 19951 - 19956 of 24005