Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्कशसंगै ढुकुटीले अड्डा जमाउला ?

फिल्मीखबर, काठमाण्डौ, 2013/05/18

मिडिया हाईप दिनानु दिन बढाईरहेको कर्कश फिल्मसंग फर्मुला श्रेणीको ढुकुटी फिल्म जुध्न आउने भएको छ । जेठ ३१को मितिमा ढुकुटीले आफ्नो अड्ढा कर्कशसंगै जमाउने निधो गरेको हो ।

 

शुक्रबार राजधानीमा आयोजित प्रेस मिटमा ढुकुटी टिमले टिपिकल नेपाली फिल्म भन्दै जेठ ३१मा आफ्नो सफलता शत प्रतिशत हुने दावी गरेको गरेको छ । डिके पुनः मगरको डाईरेक्सन रहेको ढुकुटीमा झरना थापा, प्रिया रिजाल, धीरेन शाक्य र सुशिला बुढाको मेन रोल छ । यूनिटले टिपिकल स्टोरीको राम्रो फिल्म बनेको दावी गरिरहँदा प्रेस मिटमा उपस्थित डाईरेक्टर्स गिल्डका चेयरम्यान दिनेश डिसी, प्रोड्यूसर एसोसिएसनका राजकुमार राई र फिल्म जर्नलिष्ट एसोसिएसनका विदुर गिरीले सफलताको कामना गरे ।

 

रेशम सापकोटाको कथा, पटकथा, संवाद र गीत रहेको यो फिल्ममा रनजीत गजमेरको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, शिव विकको नृत्य, यम आलेको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।