Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महोत्सवको तयारी बुझ्न धरानमा `पप्पु `

अर्पण ढकाल, धरान, 2013/05/19

चलचित्र विकास बोर्डको आयोजनामा यहि जेष्ठ १८, १९ र २० गते धरानमा हुन लागेको राष्ट्रिय चलचित्र महोत्सवको स्थानीय तयारी बारे जानकारी लिन बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु' आज धरान आएका छन् ।

 

बोर्डका अधिकृत अनुपम निरौलासँगै पप्पु धरान आएका हुन् भने बोर्ड सदस्य निलहरि काफ्ले केहि दिन अघि देखिनै महोत्सवको तयारीको लागि धरान आएका थिए । महोत्सवको तयारी बारे उनले आज स्थानीय आयोजकसँग छलफल गरका थिए भने महोत्सवलाई सफल बनाउन गठन गरिएको विभिन्न उपसमितिका पदाधिकारीसँग अन्तरक्रिया समेत गरेका थिए ।

 

बिशेषत: आर्थिक उपसमिति र आवास एवं भोजन उपसमितिले गरिराखेको काम बारे पप्पुले जानकारी लिएका थिए । पूर्वाञ्चलमा पहिलो पटक महोत्सव हुन लागेकोले बोर्ड कार्यक्रमलाई सभ्य र भब्य बनाउन सम्पूर्ण अस्त्र प्रयोग गरि लागि परेको पप्पुले बताए । एक अर्को प्रसङ्गमा हल बर्गिकरण श्रावण १ बाट जसरि भए पनि लागु हुने र बक्स अफिसको मोडल बारे पनि व्यापक छलफल भैरहेको उनको कथन थियो ।

 

महोत्सवको लागि धरान ल्याउन झन्डै डेढ सय कलाकार निर्माता पत्रकार लगायतको लिस्ट बोर्डले तयार परेको छ । सम्पूर्ण टिमलाई बस मार्फत ल्याउने तयारी गरिएको छ भने स्थानीय स्तरमा प्रचार प्रसारको कार्यलाई तिब्र बनाईएको छ । महोत्सवको दुई दिन धरानको गणेश टाकिज र शिव सिनेमामा चार फिल्मको नि:शुल्क प्रदर्शनी गरिने छ । प्रदर्शनको लागि छनौट भएका फिल्महरुमा लूट, श्रीमान, बोक्सी र जनजातीको कथा उठान गरिएको सुम्निमा रहेको छ ।