Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा विधिवत रुपमा माओवादीमा प्रवेश

फिल्मीखबर, काठमाण्डौ, 2013/05/18

अन्तत: विधिवत रुपमै रेखा थापा एकीकृत माओवादीमा प्रवेश गरेकी छिन् । आज बिहान माओवादी हेर्डक्वार्टर पेरिसडाँडामा भएको एक कार्यक्रममा रेखाले माओवादीको सदस्यता ग्रहण गरेकी हुन् । आउने संविधान सभाको ईलेक्सनमा उठ्ने तयारी सहित रेखाले गरिवहरुको पार्टी माओवादी भएकाले  सदस्यता लिएको बताएकी छिन् ।

 
पार्टीका अन्य नेतालाई उठाउने भन्दा पब्लिक फिगरलाई उठाएर आफ्नो पकडता संविधानसभा चुनावमा देखाउने उद्देश्य सहित माओवादीले रेखालाई पार्टी प्रवेश गराएको हो । तीन बर्षअघि सिहंदरबारमा अगाडी आयोजित विरोध र्‍यालीमा प्रचण्डसंग कम्मर मर्काएर माओवादी नजिक भएकी रेखालाई आज प्रचण्डले अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । रेखा सहित संविधानसभाको ईलेक्सनमा उठाउने तयारीमा माओवादीले अरु कलाकारहरुको लिष्ट पनि तयार गरेको बुझिएको छ । 
 
 
यस अघि माओवादी प्रवेश गर्ने कलाकारहरुमा युबराज लामा, मौसमी मल्ल, राजेन्द्र खड्गी, शिव रेग्मी, केपी पाठक, दिपक श्रेष्ठ, सुभाष गजुरेल, अन्जु पन्त, सृजना बस्नेत, सुरज सुब्बा, कल्याण घिमिरे, मौनता श्रेष्ठ, छवि ओझा, उदय सुब्बा, बसन्तकुमार श्रेष्ठ, हिमाल केसी दीप तुलाधर, जयनन्द लामा, भुवन श्रेष्ठ, सुनीलदत्त पाण्डे, रोशन श्रेष्ठ, योगेश घिमिरे, गोपाल कायस्थ, सुरज चन्द, सुन्दर श्रेष्ठ, कल्याण घिमिरे, सुलेमान शङकर, शम्भु सापकोटा दयाराम दाहाल, श्याम भट्टराई, प्रमोद भण्डारी, दिपक परिकोटी, नृत्य निर्देशक गोबिन्द राई, जेनी कुँवर, मेकअप म्यान गोपी सापकोटा, हाँस्यकलाकार महादेव त्रिपाठी, शंकर आचार्य, राजकुमार शाह, छायाँकार युवराज राई लगायत डेढ सय जना छन् ।