Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भकुण्डो भिडन्तमा आनद्धारा कलाकार पराजित

फिल्मीखबर, काठमाण्डौ, 2013/05/18

काठमाण्डौको दशरथ रंगशालामा नेपाल चलचित्र कलाकार संघ र विज्ञापन एजेन्सी (आन) भएको मैत्रिपूर्ण भकुण्डो भिडन्तमा आनले कलाकारहरुलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।

 
 
दशरथ रंगशालामा भएको मैत्रिपूर्ण खेलको शुरूवातमा नै २ गोलले पछि पारेको आनले कलाकारको टिमलाई निकै दबाबमा राख्दै हराएको हो । आनका तर्फबाट महेश स्वार  दुई गोल, अनुप खड्का र शंकर ब्यञ्जनकारले एक-एक गोल गरे भने कलाकारको तर्फबाट आकाश खवासले २ गोल गरे । कलाकारको टिमबाट कलाकारहरू हरिवंश आचार्य, राजेश हमाल, जीवन लुईटेल, दीपकराज गिरी, दीपाश्री निरौला, धिरेन शाक्य, शिब श्रेष्ठ, शुष्मा कार्की, सुमिना घिमिरे, जितु नेपाल, बद्री पंगेनी, शंकर बिसी, बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष नवल खड्का लगायतले खेलेका थिए ।
 
 
महानायक हमाल र हरिबंश खेल मैदानमा धेरै बेर नबसेपनि उनीहरू बलको पछिपछि दौडदा दर्शकहरूको हुटिङले रंगशाला गुञ्जिएको थियो । राजेशलाई त दर्शकहरूले खेल मैदानमा नै बस्न आग्रह गरेका थिए । यता नायक जीवन लुईटेल लामो समय खेल मैदानमा रहेर राम्रो खेल प्रदर्शन गर्दा धेरैको उनको बखान गरेका थिए । मैदानमा नउत्रे पनि नायिका रेखा थापा, झरना थापा, नीता ढुंगाना,  विनिता बराल, गरिमा पन्त, पुजना प्रधान, अनु शाह, शिवहरि पौडेल, लक्ष्मी गिरी लगायतका कलाकार खेलाडीलाई साथ दिन रंगशालामा उपस्थित भएका थिए । 
 
 
आयोजक टिमले रंगशालामा करिब १५ हजार दर्शक आउने अपेक्षा गरेको थियो तर सोचे अनुरूपले दर्शकको उपस्थिती नहुँदा कार्यक्रम खल्लो बनेको समिक्षा गरियो । वाग्मती सरसफाइको उद्देश्य लिएर यो कार्यक्रमको आयोजना गरिएको हो । आयोजक टिम आन र कलाकार संघले भोली आईतवार बिहान सबै कलाकार तथा विज्ञापन एजेन्सीहरूलाई बाग्मतीको सरसफाई गर्न पशुपती क्षेत्रमा उपस्थित हुन आग्रह गरेको छ ।