सिकिस्त भएर चावहिल स्थित ओम अस्पतालमा भर्ना भएका बरिष्ठ निर्देशक शिब रेग्मी भोली शुक्रबार डिस्चार्ज हुने भएका छ । मृगौला पीडित निर्देशक शिव रेग्मी १८ औं दिनमा डिस्चार्ज हुन लागेका हुन् ।
'केहि सुधार आएको छ,' ओम अस्पतालको बेडबाट बोल्दै शिबले भने- 'एक साता रेस्ट गरेपछि बाहिर मज्जाले हिडडुल गर्न सक्छु ।' बिहिबार साँझ भने निर्देशक आकाश अधिकारीको साथमा अभिनेता श्रीकृष्ण श्रेष्ठ शिबलाई भेट्न अस्पताल पुगेका थिए ।

