Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

ओफाको नोमिनेशन सार्वजनिक (नोमिनेशन लिस्ट सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/05/30

यहि जेठ २६ गतेका दिन राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका विच सम्पन्न हुन लागेको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०मा प्रदान गर्न लागिएको १३ बिधाका टप थ्री नोमिनेशन सार्वजनिक भएको छ । बिहिबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरि फिल्मीखबर मिडियाले नोमिनेशन सार्वजनिक गरेको हो । यस्तै कार्यक्रममा टप थ्री नोमिनेशनमा परेका फिल्मकर्मीहरूलाई आयोजकले प्रमाणपत्र समेत प्रदान गर्‍यो ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा धर्मेन्द्र सहित अथितीहरू निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदूर गिरी, प्राबिधिक संघका अध्यक्ष मनोज केसी, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, अभिनेता भुवन केसी र बरिष्ठ पत्रकार शान्तिप्रियले अवार्ड कार्यक्रम सभ्य र भव्य रूपले सम्पन्न होस् भन्दै शुभकामना दिए ।

 

 

प्रेस विज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु,


फिल्मीखबर डटकम चौथो वर्ष पूरा गरी पाँचौं वर्षमाप्रवेश गरेको समाचार यहाँ समक्ष बाँडन पाउँदाफिल्मीखबर डटकम गौरवान्वित अनुभव गरिरहेको छ । स्थापनाकालदेखि नै नेपाली सिनेमा र सिनेकर्मीको हितमा समर्पित फिल्मीखबरको यो यात्रा फिल्मीखबरका लागि मात्र नभएर सम्पूर्ण नेपाली सिनेमा प्रेमीको लागि पनि गर्वको विषय हो भन्ने हाम्रो ठम्याई छ । यही अनभूतिलाई अझ प्रगाढ बनाउन फिल्मीखबर डटकमले यो सालदेखि नेपाली सिनेमामा काम गर्ने कलाकार तथा प्राविधिकको वर्षभरिको कामलाई धापमार्ने अभिप्रायले अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामी हर्षित अनुभव गरिरहेका छौं । हामीले यो अवार्डलाई “अनलाइन फिल्मीखबर अवार्ड (ओफा) २०७०” नाम दिएका छौं । वर्ष २०६९ साल भरिका फिल्महरु मध्ये जुरी, एसएमएस र सोसल मिडिया भोटिंग मार्फत् उत्कृष्ट फिल्म छानी पुरस्कृत गर्ने यो अवार्ड यही महिनाको २६ का दिन दिउँसो २ बजे बाट पाँच बजे सम्म राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ । अवार्डका लागि १३ वटा क्याटोगोरीहरु रहेका छन् । योसँगै अनलाइन फिल्मीखबर अवार्डले नेपाली फिल्ममा लामो समयसम्म गरेको योगदानलाई कदर गर्दै मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । यो बाहेक कुनै पनि फिल्मको सफलतामा चलचित्र प्रदर्शकहरुको पनि महत्वपूर्ण भूमिका हुने तथ्यलाई हृदयाङ्गम गर्दै अनलाइन फिल्मीखबर अवार्डले एक्जिविटर अफ दि इयर अवार्ड क्याटोगोरीमा पनि अवार्ड दिने परम्पराको शुरुवात गर्ने निर्णय गरेको छ । यो सँगसँगै वर्ष भरिका फिल्म मध्येबाट जुरीको रोजाईको फिल्मकर्मीलाई जुरी अवार्ड पनि दिईनेछ । कार्यक्रमको सम्पूर्ण जानकारी तथा अवार्ड क्याटोगोरीहरु यो प्रेष विज्ञप्तीसँगै संलग्न गरिएको छ ।



सुमन गैरे                                                                                                                                                                                              
अध्यक्ष, फिल्मिखबर मिडिया प्रा.लि.                                                                                                                                                       


 

"Online Filmykhabar Award (OFA) 2070"

Popular Film SMS CODE

  • Saayad           OFA 01
  • Rhythm           OFA 02
  • Malatiko Bhatti          OFA 03

Popular Director

  • Suraj Subba 'Nalbo'  OFA 04
  • Bikash Acharya         OFA 05
  • Shabir Shrestha        OFA 06

Popular Actor

  • Saugat Malla OFA 07
  • Aaryan Sigdel            OFA 08
  • Jiwan Luitel    OFA 09

Popular Actress

  • Rekha Thapa OFA 10
  • Nisha Adhikari           OFA 11
  • Neeta Dhungana       OFA 12

Popular Script Writer

  • Bikash Acharya         OFA 13
  • Suraj Subba 'Nalbo'  OFA 14
  • Pradeep Bhardwaj    OFA 15

Popular Music Director

  • Suresh Adhikari        OFA 16
  • Basanta Sapkota      OFA 17
  • Arjun Pokharel           OFA 18

Popular Cinematographer

  • Sanjay Lama OFA 19
  • Purushottam Pradhan           OFA 20
  • Shiva Ram Shrestha OFA 21

Popular Editor

  • Bipin Malla     OFA 22
  • Surendra Paudel       OFA 23
  • Lokesh Bajracharya  OFA 24

Popular Fight Director

  • Yogendra Shrestha   OFA 25
  • Roshan Shrestha      OFA 26
  • Himal K.C.     OFA 27

Popular Choreographer

  • Kabiraj Gahatraj        OFA 28
  • Shankar B.C.             OFA 29
  • Renasha Rai  OFA 30

Popular Debutant Director 

  • Prabin Syangbo        OFA 31
  • Prachanda Man Shrestha    OFA 32
  • Subarna Thapa         OFA 33

Popular Debutant Actor

  • Samyam Puri OFA 34
  • Gajit Bista      OFA 35
  • Sohit  Manandhar      OFA 36

Popular Debutant Actress

  • Dipti Giri         OFA 37
  • Priyanka Karki           OFA 38
  • SuraviJain Bista        OFA 39

Note : For SMS Voting, Type OFA code number and SEND TO 5006

Jury Award

Popular Exhibitor Award

Life Time Achievement Award    - Madan Krishna Shrestha and Haribamsha Acharya