Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राहदानी फर्कियो राजधानी

भोजराज कोईराला, महोत्तरी, 2013/05/30

महोत्तरीको वर्दिवासमा पहिलो पटक सिंगो फिल्मको ४० प्रतिशत दृश्य छायाकंन भएको छ । फिल्म राहदानीको ४० प्रतिशत दृश्य वर्दिवासमा छायाकंन भएको हो । फिल्मको शुभमुर्हुत काठमाण्डौँमा गरेको राहदानी युनिटले गएको ७ गते देखि वर्दिवासमा छायाकंन शुरु गरेको थियो ।

 

फिल्मको ४० प्रतिशत दृश्य छायाकंन सकाएर राहदानी युनिट वुधवार काठमाण्डौँ फर्केको छ । राहदानीका निर्देशक डब्बु क्षेत्रीले फिल्मको ४० प्रतिशत दृश्य खिचेर वुधवार राजधानी फर्किएको जानकारी दिए  । फिल्मको वाँकी दृश्य अब काठमाण्डौँ र मलेशियामा छायाकंन गरिने  उनले बताए । कथाले मागे अनुसार चुरे र तराईको विचमा अवस्थित शहरोन्मुख ठाउँ खोज्दै राहदानी युनिट वर्दिवास आइपुगेको थियो ।

 

नेपालीहरु विदेशिनु परेको समस्या उठान गरिएको राहदानीमा अशोक रिजाल, नविन लम्साल, विनिता घिमिरे, रुपा खनाल, विद्या कार्की, लक्ष्मण विक्रम वस्नेत, सिर्जना सुव्वा, आयुष्मा श्रेष्ठ लगायतको मुख्य भुमिका छ । लक्ष्मी प्रसाद श्रेष्ठको प्रस्तुती राहदानीमा अभिनेता दयाह्या राई विशेष भुमिकामा देखिने निर्माण युनिटले जनाएको छ । एक आइटम सहित तीन गीत रहेको राहदानीमा केहि द्धन्दका दृश्य समेत रहेको निर्माण युनिटको भनाई छ ।