Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुम्बईबाट फर्क्यो `कोहिनूर`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/31
तीन वटा गीत रेकर्डिङ गरेर केहि दिन अगाडी फिल्म 'कोहिनूर'को टिम मुम्बईबाट काठमाण्डौ फर्केको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण गर्न लागेको यो फिल्ममा समावेश गरिएका ४ गीत मध्ये ३ वटामा भारतिय गायकगायिकाको स्वर रहेको छ भने बाँकि एउटा गीतमा नेपाली गायककै स्वर रहने भएको छ ।
 
 
नेपाल फर्केपश्चात फिल्मीखबरसँग कुरा गर्दै संगीतकार शम्भुजीत बाँस्कोटाले गीतहरू निकै राम्रो बनेको बताए । 'धेरै पटक मुम्बईमा गीत रेकर्ड गराएँ तर यसपटकको अनुभव अलि नयाँ भयो,' शम्भुजीतले भने- 'राम्रो संगीत तयार पार्न मैले जति गरें त्यतिनै मेहनत गायक गायिकाले पनि गर्नुभयो ।' यस्तै फिल्मलाई निर्देशन गर्न लागेका आकाश अधिकारीले पनि गीतसंगीत निकै सुमधुर बनेको बताए । 
 
 
डा कृष्णहरि बराल, किरण खरेल, सुन्दर श्रेष्ठको साथमा निर्देशक आकाश अधिकारीको गीत रहेको सो फिल्ममा अभिजीत, साधना सरगम, सोनी कक्कड र वरदानले स्वर दिएका छन् । अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठ, अभिनेत्री स्वेता खड्का, निर्देशक आकाश अधिकारी र संगीतकार शम्भुजीत बाँस्कोटाको टोली मुम्बई पुगेर गीत रेकर्डिङ गर्नुका साथै सुटिङका लागि लोकेशन समेत हेरेर आएको छ । फिल्मको केहि भाग मुम्बईमा पनि सुटिङ गर्ने आकाशले बताए ।
 
 
यसअघि नेपा: मुभिजको व्यानरमा 'कहाँ भेटिएला' फिल्म निर्माण गरेका श्रीकृष्णले सोही फिल्मकी नायिका स्वेतालाई पुन: यो फिल्ममा दोहोर्‍याउने भएका छन् । यो बाहेक अन्य कलाकार भने फाईनल भईसकेको छैन । बर्षाको मौसम भएकाले फिल्मको सुटिङ डेट फाईनल नगरिएको निर्माता तथा अभिनेता श्रीकृष्णको भनाई छ । सस्पेन्स र रोमान्सले भरिपूर्ण बनाउन निर्देशक आकाशले फिल्मको कथा आफैलेतयार पारेका छन् ।