मुलधारका पक्षपाती निर्माता छवि ओझाले लोफरबाट आफुलाई फरक धारमा उभ्याएका छन् । राजेश हमाल, रेखा थापा, बिराज भट्ट लगायत मुलधराका कलाकारमा सिमित ओझाले लोफरमा आर्यन सिग्देल सहित लुटका गोफ्ले र पाण्डेसम्मलाई अटाएका छन् ।
.jpg)
तिहार रिलिज डेट लक्षित लोफर एक्सन श्रेणीको हुने बताइन्छ । दयाहाङ राई दुब्लाउन दुई महिनाको लागी रोकिएको लोफरको फस्टलुक आउट गरिएको छ । यसअघिका फिल्मको भन्दा केही फरक देखिएपनि लोफरको पोष्टर उत्कृष्ट हुनबाट भने जोगिएको छ । पोष्टरमा क्रमशः आर्यन सिग्देल, सुशिल राज पाण्डे, दयाह्याङ राई र कमलमणी नेपाललाई हाईलाइट गरिएको छ । डेव्यु रजनी केसी सोलो लेडी क्यारेक्टर रहेको लोफरलाई आदित्य विक्रम लम्सालले निर्देशन गरेका छन् ।

ओफा अवार्डमा एल्बम विमोचन गरेको 'सरी ल'ले पनि आफ्नो फस्टलुक आउट गरेको छ । ऋषि लामिछाने निर्देशित यस फिल्ममा सुवास थापा, राजन खतिवडा, अनिता आचार्य, मार्टिन खान प्रमुख भुमिकामा छन् । भाद्र ७ गते रिलिज डेट तोकिएको 'सरी ल'लाई अञ्जु केसीले निर्माण गरेका हुन् । बसन्त सापकोटा र शैलेश श्रेष्ठको संगीत रहेको यो फिल्मको स्क्रिप्ट शिबम अधिकारीले तयार पारेका हुन् ।

सन्देश बराइलीको एक्सीडेन्टले पनि आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ । नयाँ प्रयोगको अभाव देखिने पोस्टरमा मुकेश ढकाललाई हाइलाइट गरिएको छ । झरना थापाको समेत अभिनय रहेको एक्सीडेन्टलाई कृष्ण अनमोलले निर्देशन गरेका हुन् ।


