ओफा अवार्डमा सायदबाट डेब्यूड हिरोको अवार्ड पाएका फुच्चे हिरो संयम पुरीलाई टेण्डर परेको छ । उनलाई परेको टेण्डर भने अरू कुनै नभई फिल्मको हो ।
सायद रिलिज पश्चात लामो विश्राम लिएका संयमले केही दिन अगाडी मात्रै सुरज सुब्बाले निर्देशन गर्ने टेन्डरमा हस्ताक्षर गरेका हुन् । उनको यो फिल्ममा लिड रोल रहनेछ । आउँदो माघ महिनाबाट सुटिङ प्रारम्भ गरिने टेन्डरका अन्य कलाकारहरु भने फाइनल हुन बाँकी रहेको निर्देशक सुब्बा बताउँछन् । उनका अनुसार टेन्डरमा मुख्यतः युवापुस्ताको यी समस्याहरुलाई समावेश गरिनेछ -
मोबाइल छ, ब्यालेन्स छैन,
बाईक छ, पेट्रोल छैन
र, गर्ल फ्रेन्ड छ, डेटिङ जाने पैसा छैन ।
टेन्डरको हाल मेन्छा रुङदालीले स्क्रिप्ट लेख्दैछन् । वान वेको सुटिङ सके पश्चात टेण्डरको सुटिङ गर्ने सुरजले बताए । टेण्डरलाई पूर्वको बिर्तामोडमा सुटिङ गर्ने उनको भनाई छ । एकतेन फिल्मस्को प्रस्तुती रहने टेन्डरको बजेट ६० लाख अनुमान गरिएको छ ।
सायदबाट वाही वाही पाएका निर्देशक नारायण पुरीका पुत्र संयमले टेन्डरबाट कस्तो प्रतिक्रिया पाउँछन् ? पर्खाइको विषय हुनेछ ।

