Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रिय चलचित्र पुरस्कारमा नआउनु भनी राष्ट्रपतीलाई पत्र

फिल्मीखबर, काठमाण्डौ, 2013/06/12

चलचित्र द्धन्द्ध कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले विकास वोर्डले आयोजन गर्न लागेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपतीलाई सरिक नहुनु भनी ध्यानकर्षण पत्र काटेका छन् । अध्यक्ष श्रेष्ठले मेल मार्फत राष्ट्रपतिका सचिवलाई उक्त कुरा उल्लेख गरिएको पत्र पेश गरेका हुन् ।

 

ध्यानाकर्षण पत्रको जवाफ भने आइसकेको छैन । विकास वोर्डमा अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु' नियुक्तीमा चर्को विरोधको आवाज उठाएका अध्यक्ष श्रेष्ठले सिनेमा सम्वद्ध संघ संस्थासँगको बिना छलफल अवार्ड गर्न लागिएको भन्दै उक्त पत्र लेखेको बताए  । उनले शितल निवासमा पठाएको पत्र यस्तो छ -


सम्माननिय महामहिम,
राष्ट्रपति ज्यू
शितल निबास, महाराजगञ्ज, काठमाण्डौ ।

 

 


मिती : २०७०-०२-२७
बिषय : ध्यानाकर्षण गराईएको बारे
महोदय ,
उपरोक्त सम्बन्धमा चलचित्र विकास बोर्डद्वारा गर्ने भनिएको राष्ट्रिय पुरस्कार कार्यक्रम तथा उक्त पुरस्कार कार्यक्रमले हामी समग्र चलचित्रकर्मीहरुलाई समेट्न नसकेको तथा लामो समयदेखि नेपाली चलचित्रको क्षेत्रमा कार्यरत रहि योग्दान पुर्‍याइरहेका नेपाली चलचित्रका विशिष्ट ब्यक्तिहरुको उपेक्षा, वेवास्ता गरि राष्ट्रिय पुरस्कार जस्तो गरिमामय पुरस्कारको बारेमा नेपाली चलचित्रसंग आबद्ध रहि सहकार्य गरिरहेका संघसंस्थाहरुलाई जानकारी नगराई विकास बोर्डद्वारा एकलौटी, ब्याक्तिगत ढंगबाट हुने गर्ने जानकारी आएको हुँदा सो राष्ट्रिय पुरस्कार कार्यक्रमलाई तत्कालको लागी स्थगित गरि नेपाली चलचित्रको क्षेत्रबाट राष्ट्रको लागी योगदान गरिरहेका सम्पूर्ण ब्यत्तिहरु, नेपाली चलचित्रको हकहितमा कार्यरत सम्पूर्ण संघसंस्थाहरु तथा अबद्ध चलचित्रकर्मीहरुलाई पनि समावेश गरियोस् भनि महामहिमको ध्यानाकर्षण गराउँदछौं ।


अतः उपरोक्त बिषयहरुलाई पुनचः बेवास्ता गरि राष्ट्रिय पुरस्कार क्रार्यक्रम सम्पन्न गर्ने दुष्प्रायस भएमा विगत धरानमा सम्पन्न चलचित्र महोत्सवमा भएको चलचित्रकर्मीहरुको उपेक्षा तथा समग्र नेपाली चलचित्र उद्योगकै बेइज्जतको महामहिमलाई अवगत नै छ । चलचित्र विकास बोर्डद्वारा एकलौटी रुपमा हुन गैरहेको राष्ट्रिय पुस्कारले नेपाली चलचित्र उद्योग तथा जससंग सम्बन्धित सबैको सम्पूर्ण भविश्य अन्योलमा पर्ने समेत जानकारी गराउँदछौं ।


धन्यबाद ।
भवदिय
योगेन्द्र श्रेष्ठ
अध्यक्ष, नेपाल चलचित्र द्धन्द्ध कलाकार संघ