Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

हिन्दी भाषामा ढुवानी !

श्यामसुन्दर गिरी, काठमाण्डौ, 2013/06/12
नेपाली फिल्म कमै मात्रमा अन्य भाषामा डबिङ र सब टाइटल राखेर प्रदर्शन गरिन्छ भने अहिलेको खस्कदो नेपाली फिल्मी बजारलाई केही हदसम्म भएपनि माथि उठाउन र लगानीको सुरक्षित गर्नका लागि निर्माताहरुले बिभिन्न उपायहरु रच्न थालेका छन् ।
 
 
यसै क्रममा कबिता फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म 'ढुवानी'ले हिन्दी भाषामा डबिङ, अंग्रेजी र अरबिक भाषामा सब टाइटल राखी भारत लगायत खाडीमुलुक साउदी अरब, कतार, दुबइ सहित युके, अमेरिका र अष्ट्रेलिया लगायत करिब १ दर्जन देशहरुमा प्रदर्शन हुने भएको छ । 'हिन्दी भाषाको लागि गीतको ट्र्याक भारत पठाइसकिएको र आउँदो शुक्रबार गीत रेकर्ड हुँदैछ । हिन्दी गीत केका घोसाल र जाबेद अलिले गाउँदै छन् भने फिल्म आईतवार देखी डबिङ हुने कुरा निर्माता मन्जिल श्रेष्ठले फिल्मीखबरसँग बताए । 
 
 
चेलिबेटी बेचबिखनमा नेपाली नारी सचेत हुनुपर्छ भन्ने थिम बोकेको फिल्म ढुवानीमा पिताम्बर पाण्डेको लेखन र निर्देशन छ । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ । फिल्म आउदो भाद्र २८ गते देखी अलनेपाल र सेप्टेम्बर महिनाको पहिलो सातादेखी भारत लगायतका देशहरुमा रिलिज हुने निर्माता कविता श्रेष्ठले बताईन् ।