धरान महोत्सब घटनाक्रम बारे सञ्चार मन्त्रालयको ध्यानाकर्षण पत्रको अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु'ले जवाफ फर्काएका छन् । मन्त्रालयको जवाफी पत्रमा अध्यक्ष मोरवैताले व्यवस्थापनमा केही त्रृटि भएपनि धरान महोत्सव मिडियाले टिप्पणी गरे जस्तो भने नभएको उल्लेख गरेका छन् ।
धरानमा मोरवैताले विशेष गरी कलाकारलाई लजिङ र फुडिङमा व्यवस्थापन गर्न समस्या भएको भने स्विकारेका छन् । तर अन्य कार्यक्रम सहित तीन दिने महोत्सव सफल रुपमा समापन भएको उनको सञ्चार मञ्त्रालय जवाफ छ । विकास वोर्डको कमजोर व्यस्थापनमा धरान महोत्सव पूर्ण रुपमा असफल भएको टिप्पणी मिडियामा सार्वजनिक भएपछि सञ्चार मन्त्रालयले गत जेठ २३ गते विकास वोर्डलाई ध्यानाकर्षण पत्र पठाएको थियो ।
त्यस्तै अध्यक्ष मोरवैताले धरान महोत्सव बारे चलचित्र संघले विकास वोर्डलाई सोधको स्पष्टीकरण दिन आवश्यक नरहेको बताएका छन् । फिल्मीखबरसँगको कुराकानीमा उनले चलचित्र संघले स्पष्टीकरण माग्नु पर्ने जरुरी नभएको बताए । संघले विकास केही दिन अगाडी वोर्डललाई धरान महोत्सव बारे स्पष्टीकरण दिन पत्र काटेको थियो ।

