
सम्भवत फिल्म खिच्नकै लागि भनेर यति धेरै युनिटका साथ नेपाली फिल्मकर्मी हाल सम्म विदेश गएका थिएनन् होला तर सुरज सुब्बा जो पछिल्लो समय सफल निर्देशकको रुपमा परिचित छन् उनको नेतृत्वमा २० जनाको जम्बो टोली आज सिङगापुर गएको छ ।

कान्छा निर्देशकले निर्देशन गर्ने फिल्मको मुर्हत छ भन्ने निम्तो पाएपछी मंगलबार मिडियाको भिड पनि राम्रै देखियो नया बानेश्वर स्थित रोजमेरी क्याफेमा तर आफ्नो कच्चा काम देखेपछी मडियाको आलोचना ब्यापक खेपे ति निर्देशकले जसले भर्खरै मात्र १८ पार गरेका छन् ।

६ महिना अघि निर्मातासंघको प्रतिनिधत्व गर्दै चलचित्र बिकास बोर्डको सदस्य पदमा नियुक्त भएका निलहरी काफ्लेले भ्रष्टचारको आरोपका कारण कार्यसमितिको पद समेत गुमाउनु परेको छ ।

टाईटलमा केन्द्रित हुने हो भने ब्ल्याक नाईट कतै सेक्ससंग जोडिएको फिल्म त हैन भन्ने प्रश्न उठ्न सक्छ तर निर्देशक मधुसुदन भट्टराईले टाईटल त्यस्तो भएपनि फिल्मको कथा भिन्नै रहेको बताएका छन् ।

बैशाखको अन्तिम साता देखि फ्लोरमा गएको चर्चित मेकर केशव भट्टराईको फिल्म 'सो सिम्पल'को ८० प्रतिशत सुटिङ्ग सकिएको छ ।

आफू दोषी नरहेको भन्दै क्लिन बुझाएका निलहरी काफ्लेको तर्क उपयुक्त नभएको भन्दै चलचित्र निर्माता संघले उनलाई चलचित्र बिकास बोर्डबाट औपचारिक रुपमा फिर्ता बोलाउने भएको छ