Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

बर्ष ०७०मा सफलता चुम्नेहरू ?

फिल्मीखबर, काठमाण्डौ, 2013/06/23

वर्ष ०६९ फिल्मसँगै कलाकारका लागी पनि फलिफाप हुन सकेन । वर्ष ०६९ नायिका रेखा थापा र नायक जीवन लुइँटेलको पक्षमा रहेको मिडियाको विश्लेषण रह्यो । अन्य चर्चासँगै रेखा अभिनित फिल्म रावण, लंका र मालतीको भट्टी व्यापारिक रुपमा सफल मानिए भने जीवनका पनि मालतीको भट्टीसँगै रिदमले लगानी रिकभर गर्न सफल भए । साथमा रेखाको हमेशासँगै ०७०को प्रारम्भमा रिलिजमा आएको फिल्म नोटवुकले पनि जीवनको थप चर्चा दिलायो । अन्य कलकारको हकमा भने वर्ष ०६० देखी ०७० असारको दोस्रो हप्ता सम्म अनलक्की जस्तै देखिएको छ । गत वर्ष निराश भएपनि यो वर्ष भने केही कलाकारको लागी विशेष हुनेछ । चर्चा र प्रतिक्षामा रहेका फिल्मले कलाकारलाई यो वर्ष खास बनाएका हुन् ।


सौगात मल्ल


फिल्म रिलिजका हिसाबले लुटका हाकु काले गत वर्ष अग्रस्थानमा रहे । सौगात अभिनित फिल्म सुनगाभा, छड्के, कथा, हाइवे, बधशाला वर्ष ०६९मा प्रदर्शनमा आए भने बर्ष ०७०मा उमा प्रदर्शनमा आयो । प्रदर्शन पश्चात सौगातका यी फिल्मले प्रदर्शन अगाडीको जस्तो चर्चा भने पाउन सकेनन् । फिल्मको व्यापार तथा समिक्षा जे जस्तो भएपनि सौगातको क्यारेक्टरलाई भने रुचाइयो । फल्प फिल्मका हिट हिरो भनेर विश्लेषण गरिएका सौगात यो वर्ष भने हिट फिल्मका हिट हिरोको रुपमा चिनिन सक्नेछन् । लुट पूर्व नै सुटिङ गरिएको फिल्म सौर्य र अनुप बरालको पहिलो फिचर फिल्म फिटकिरी यो वर्ष प्रदर्शनमा आउँदैछन् । सौर्यमा सौगात सुपर नेचुरल पावर बोकेको क्यारेक्टरमा प्रस्तुत भएका छन् भने फिटकिरीमा पनि सशक्त रोल छ ।

 


निशा अधिकारी


सौगात जस्तै नायिका निशा अधिकारीका पनि गत वर्ष करिब आधा दर्जन फिल्म रिलिजमा आए । अपवाद, मायाज बार, सुनगाभा र पधमिनिमा निशा मुख्य क्यारेक्टरका रुपमा प्रस्तुत भइन् । मायाज बारले इनिशियलको व्यापार गरेपनि अन्य फिल्म व्यापारिक रुपमा असफल भए । वर्ष ०७० मा निशा सगरमाथा चढेर चर्चामा आइन् । साथमा सिमोस सुनुवार निर्देशित फिल्म मिसन पैसा रिलोडेड, मेरो भ्यालेन्टाईन र भिमदत्तबाट पनि चर्चामा रहन सक्नेछिन् । उनी अभिनित यी फिल्म यहि बर्ष रिलिज हुने योजनामा छन् ।



आर्यन सिग्देल


तीन फिल्म प्रदर्शन भएर पनि गत वर्ष आर्यन सिग्देल चम्कन सकेनन् । उनी अभिनित फिल्मले सोचे अनुरुप व्यापार गर्न नसकेपछि मिडियाले आर्यनलाई अनलक्की नायकको दर्जा दियो । उनी अभिनित के म तिम्रो साथी बन्न सक्छु, धुवाँ यो नशा र कलिउड वर्ष ०६९मा खासै सफल हुन सकेन । तर यो वर्ष फिल्म आर्यनको पक्षमा हुन सक्ने धेरैको अनुमान छ । कारण, आर्यनका यो वर्ष छविराज प्रोडक्सनको लोफर, कल्याण घिमिरेको महसुश र दबाब नामक फिल्म प्रदर्शनमा आउने पक्का छ भने छायाँकनरत फिल्म मधुमाश पनि यो वर्ष रिलिज हुने सम्भावना छ ।


 
नम्रता श्रेष्ठ


मिस यु पछि मिस भएकी नम्रता श्रेष्ठ छड्के मार्फत गत वर्ष दर्शक माझ आइन् । छड्केमा उनको रोललाई खासै वाच गरिएन । सुन्दरी नम्रताका यो वर्ष भने लभ स्टोरी वेस फिल्म मौन र मेघा प्रदर्शनमा आउँदैछन् । नम्रताका यी फिल्मलाई फिल्म क्षेत्रले केही गर्न सक्ने फिल्मको कोटीमा राखेको छ । सम्झना उप्रेती रौनियारको पहिलो निर्देशन रहेको मेघामा नम्रताले मनिषा कोइरालाका भाई सिद्धार्थ कोइराला र रेमनदाश श्रेष्ठसँग रोमान्स गरेकी छिन् । त्यस्तै डेव्यु निर्देशक सुरज भुषालको फिल्म मौनमा नम्रता अर्पण थापासँग देखिएकी छिन् ।

 

राजवल्लभ कोइराला

अभिनेता राजवल्लभ कोइरालाका पनि वर्ष ०६९मा अपवाद र किन लाग्छ माया प्रदर्शनमा आए । उनका फिल्मले ठिकैको व्यापार र प्रतिक्रिया पाए । हलिउड फिल्म हाइवे टु धुम्पुसमा अनुबन्धित भएपछि चर्चामा आएका राजको यो वर्ष ऋतु र राघव रिलिज हुनेछन् । पोखरेली कवि अभिनेता राज राघव मार्फत निर्माता समेत बन्दैछन् । राजका लागी यो वर्ष सफल अभिनेतासँगै निर्माता हुनुपर्ने चुनौती हुनेछ ।  

 

केकी अधिकारी


युवा वर्गकी ढुकढुकी केकी अधिकारीलाई उनका फ्यानले गत वर्ष म्युजिक भिडियोमा मात्रै हेर्ने पाए । स्वरबाट रजतपटमा डेव्यू गरेकी केकीका गत वर्ष कुनै पनि फिल्म प्रदर्शनमा आएनन् । यो वर्ष भने केकीका तीन फिल्म प्रदर्शनमा आउनेछन् । महसुश, माई प्रमिश र वितेका पल मार्फत केकी दर्शकमाझ फर्किदैछिन् । पढाइका कारण केही समय फिल्म साइन नगर्ने मुड बनाएकी केकीले यी फिल्म मार्फत राम्रै अपेक्षा राखेकी छिन् ।