Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`हिले पानी छ्याप्नेलाई सिधै चड्कन` : रूवी राणा

फिल्मीखबर, काठमाण्डौ, 2013/06/24

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको सडक विस्तार गर्ने योजनामा भत्काइका शहरका सडक वर्षामा धान रोप्न योग्य भएका छन् । क्रेन लगाएर भत्काईका सडकमा जमेको पानीमा सवारी गुड्दा छेउछाउमा हिड्नेले सास्ती खेप्नु परिरहेको छ ।

 

सडकमा कमै पैदल यात्रा गर्ने नेपाली फिल्मसँग जोडिएका व्यक्ति खाल्डोमा जमेको पानीको शिकार हुँदा उनीहरूको प्रतिक्रिया कस्तो होला त ? फिल्मीखबरले जिज्ञासा रोखेको छ :-

 

  
रूवी राणा, पूर्व मिस नेपाल तथा कलाका
नजिकै भेट्टाएँ भने सिधै गालामा चड्कन लगाइदिन्छु । मेरो रिस बढी छ । बिच बाटोमा हिलो पानी छ्याप्नेलाई चड्कन लाएर मात्रै रिस कन्ट्रोल गर्छु । नजानेरै छ्यापेको भएपनि गाली चाहि गर्थें । झापु खानु भन्दा बुद्धिमानी सवारी राम्रोसँग चलाउनु हुनेछ । आफू त्यो ठाउँमा हुँदा कस्तो हुन्छ भनेर विचार गर्दै सवारी चलाउन अनुरोध गर्दछु ।

 


यशराज गरच, नायक


रिसाएर पनि के गर्नु ? नहुनु पर्ने भै हाल्यो भनेर हिलो पानी छ्याप्नेलाई सम्झाउँछु । म पनि सकेसम्म त्यस्तो अरुलाई हानी काम गर्दिंन । बिशेषत बाईक र गाडी चलाउनेहरूले बढि मात्रामा पानी छ्याप्छन् । सकेसम्म सवारी विस्तारै चलाउँदा राम्रो किनकी सडकमा पैदल यात्रा गर्नेहरूलाई निकै नै पिडा हुन्छ पानी छ्यापिंदा ।

 

नम्रता सापकोटा, नायिका


म गान्धी हैन सहेर बस्न । बेक्काम्मा हिलो पानी छ्याप्नेलाई मज्जाले गाली गर्छु । भाग्यो भने पनि सुन्ने गरी चिच्याएर गाली गर्छु । गाली चाहिं के निस्कन्छ त्यो बेलाको कन्डिसनले नै बताउँछ । मैले पनि कुनै बेला स्कुटीले हिलो छोपेर मज्जैको गाली खाएको छु । तर, सकेसम्म मैले यस्तो गल्ती नगर्ने प्रयास गरेकी हुन्छु ।


छविराज ओझा, निर्माता


देश नै खाल्डा खुल्डी भैरहेको अवस्थामा सडकमा खाल्डा खुल्डी भएर पानी जम्नु, पानी छ्यापिनु स्वभाविक हो । यदि कसैले मलाई हिले पानी छ्याप्छ भने म त्यसलाई खासै ठुलो रुपमा लिन्न । स्वभाविक मान्छु । किन पानी छ्यापिस् भनेर झगडा गर्नु खासै राम्रो हो जस्तो मलाई लाग्दैन  ।


आस्था राउत, गायिका


मनमनै भक्कु गाली गर्छु । तर बाहिर ब्यक्त गर्दिंन । बाटोमा हिडिरहेको मान्छेलाई पानी छ्याप्ने भनेका आवारा तथा ट्यापे केटा नै हुन्छन् प्रायः । त्यस्तासँग झगडा गरेर नै के फाइदा छ र ? मैंले पनि एक पटक भुलवश स्कुटीले पानी छ्यापेको छु । तर, मैले माफ पनि मागेको छु । मलाई छेप्दा भने कसैले पनि सरी भनेका छैनन् ।


योगेन्द्र श्रेष्ठ, द्धन्द्ध निर्देशक


बर्षातमा हिड्दा आफै विचार पुर्याएर हिड्नु पर्छ । बाटोमा हिड्दा यस्तो कुराको ख्याल गर्छु । छ्याप्ने मान्छेले गल्ती महसुश गर्नुपर्छ । कसैले पानीले छ्यापी हाल्यो भने रिस उठ्नु स्वाभाविक हो तर त्यो बेला रिसलाई कन्ट्रोल गर्न सकेन भने जे पनि हुनसक्छ ।